arrow

गठबन्धन टुटेपछि देउवा र नेपालबीच पहिलो भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
sher-deuba-madhav-nepal.jpg

काठमाडौं । नेपाली कांग्रेससँगको गठबन्धनलाई छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग सहकार्य गर्न गएपछि अलमलमा रहेका नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले शुक्रबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन् ।

शुक्रबार साँझ देउवा र नेपालबीच छलफल भएको हो ।माओवादीले एस पार्टीलाई बिचमै अलपत्र पारेर हिँडेपछि नेपालले देउवालाई भेटेका थिएनन् । तत्कालीन सत्ता गठबन्धन टुटेसँगै दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने क्रममा दुवै दलका नेताहरूसँग मत मागेका थिए । कांग्रेसले पनि अर्को सरकार बनाउने हल्ला चलिरहेको छ ।

नेपाली कांग्रेसका जिम्मेवार नेताहरूले यसलाई बजार हल्ला मात्रै भएको बताउँदै आएका छन् । कांग्रेसले नेकपा एस, राप्रपा, जसपा लगायतका पार्टीलाई समेटेर सरकार बनाउने हल्ला चलिहरेको बेला दुई नेताहरूले समसामायीक राजनीतिक घटनाक्रमबारे छलफल गरेको स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ