arrow

संसदीय दलको बैठक अघि कांग्रेस पदाधिकारीबीच छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २२ शुक्रबार
congress-nc-party-office-hq.jpg
सांकेतिक तस्विर ।

काठमाडौं। नेपाली कांग्रेस संसदीय दलको बैठक यही पुस २३ गते दिउँसो १ बजे बस्दै छ । संसदीय दलको बैठक अघि आज पार्टी सभापति शेरबहादुर देउवाले सो बारेमा पदाधिकारीबीच छलफल गरेका छन् ।

सभापति देउवा निवासमा आज भएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी हुनुहुन्थ्यो । बैठकमा भोलि शनिवार बस्ने संसदीय दलको बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा छलफल भएको महामन्त्री शर्माले जानकारी दिए।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको अधिवेशन यही पुस २५ देखि प्रारम्भ हुँदै छ । निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठुलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ । 

सङ्घीय संसद्को तेस्रो ठुलो दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो ठुलो दल नेकपा (एमाले)लगायत सात दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री दाहालले यही पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुहुने तय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ