arrow

शनिदेवको प्रिय दिनमा राशिफल कस्तो होला ?

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७९ पुष २३ शनिबार
rashifal-horoscope-blue.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ पुस २३ गते शनिबार, इस्वीसंवत जनवरी ७ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार माघकृष्णपक्षको प्रतिपदा तिथि रहनेछ ।

नक्षत्रमा पुनवर्सु, विष्कुम्भादि योगमा ऐंन्द्र, करणमा बालब, आनन्दादि योगमा छत्र रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा मिथुन राशिमा रहनेछ । दिनमान २६ घटि ०२ पला अर्थात १० घण्टा २५ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५७ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः२२ बजे हुनेछ ।

आजको राशिफल :

मेष : आजको दिन अनपेक्षित रुपमा विभिन्न खालका अपजशको सामना गर्न पर्नसक्छ । एकाएक खर्चको बृद्धि हुने र गर्जोटार्न धौधौपर्ने तथा नहुनेकाममा बढी मनजाने हुनसक्ने छ । अगाडि सारिएको काममा बाधाबिघ्नता आयो भन्दैमा हतास भइहाल्न भने परिहाल्दैन, संघर्ष एवम् अधिक परिश्रमले अपेक्षा गरिएको क्षेत्रमा केहीलाभ हुनसक्ने छ भने खासै योजनाभित्र नपारिएको काम बनेर आकस्मिक लाभ हुनसक्नेछ । साथ सहयोग पनि मिल्नेछ । मठ मन्दिरको दर्शन, तीर्थको यात्रा एवम् मान्यजनलाई भेट्घाट गर्ने आदिमा खर्चको सदुपयोग गर्नाले प्रतिकूल ग्रहफल कमगर्न मद्दत हुनेछ । आज देवी भुवनेश्वरीको दर्शन भक्ति गर्नु उत्तम हुनेछ ।

वृष : आजको दिन आयकर ग्रहगोचर परेको छ । कसैकसैलाई परिश्रमविनाको धर्नाजर्न तर्फपनि मन आकर्षित हुन सक्ने छ, जसले नैतिकतामा प्रश्न चिह्न लगाउनसक्ने छ ख्याल गर्नुहोला । सामान्यतया पुरुषार्थ बृद्धि हुने, प्रशंसा मिल्ने र सहयोग प्राप्ति हुनाले चित्त शान्ति हुनेछ । व्यवसायिक व्यस्तता र प्रगति एवम् उन्नति हुनेछ । विद्यार्थीहरु परीक्षामा उत्तीर्ण भइने र हौसला मिल्ने छ । यात्रा हुनसक्ने सम्भावना पनि छ । नयाँ व्यक्तिसँग सुमधुर सम्बन्ध स्थापित हुनेछ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग तथा दीनदुखीको सेवा फापकर हुनेछ ।

मिथुन : आजको दिन आत्मबल बढाउन र समयको सदुपयोग गर्न सकेको खण्डमा केही राम्रो अवसर प्राप्त हुनसक्ने देखिएको छ । धेरै हौंसिन भने अल्लि नहुने समय छ । बढी हौंसिदा बन्नै पर्ने काम नबन्न पनि सक्नेछ । सामान्यतया मानसम्मान बढ्ने तथा पद प्रतिष्ठा प्राप्ति हुन सक्ने ग्रहगोचर परेकोले राजनीति, समाज सेवा वा नोकरी आदिमा जिम्मेवारी थपिन सक्ने लक्षण छ । व्यापार व्यवसायबाट ठिकै लाभ गर्नसकिने छ भने उच्च आहोदाका व्यक्तित्वसँग भेटघाट हुनसकिने र आड भरोसाजन्य आश्वासन मिल्न सक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने आज तपाईँले विद्वान एवं मान्यजनबाट आशिर्वाद लिनु उचित देखिन्छ ।

कर्कट : आजको दिन सात्विक विचार र आस्था बढ्नाले धार्मिक कार्य सम्पादन गर्न सहज हुनेछ । स्वजनसँगको भेटघाट र योजनाआदिको बारेमा संवाद हुनसक्ने छ । केही अबरोधको बाबजुत व्यापार व्यवसाय एवं उद्यमजन्य पेशागत कार्यमा सफलता मिल्ने छ । अनुकूलतापूर्ण वातावरण सृजना हुनाले साहस उमङ्ग र कार्यमा रुचि पनि बढेर आउने छ । सम्मानित रुपको निमन्त्रणा मिल्ने तथा औपचारिक कार्यक्रम आदिमा सरिक हुनपाइने छ । ईज्जत प्रतिष्ठा एवम् कान्ति बढ्नेछ । बढी ईच्छ्याएको काममा आउने बाधा ब्याबधान हटाउन भैरवदेवको दर्शनभक्ति गर्नु उपयुक्त हुनेछ ।

सिंह : आजको दिन केही संघर्ष गर्न पर्ने खालको देखिएको छ । स्वास्थ्यमा समस्या आउन सक्ने ग्रहगोचर रहेकोले आहारविहारमा ख्याल पुर्याउनु पर्ला । शत्रुपक्ष सक्रिय हुनसक्ने र कार्यक्षेत्रमा पनि केही अबरोधको सामना गर्नुपर्ने हुनसक्छ तथापि हतोत्साहित चाहीँ भइहाल्न पर्दैन । सकारात्मक सोँचको विकास गरी धैर्य र संयमको अभ्यास गर्नु उपयुक्त हुनेछ । नचिताएको तर्फबाट आकस्मिकरुपमा केही भौतिक उपलब्धि हुनसक्ने छ भने सावधानि पूर्वक गरिने कार्यबाट केही लाभ पनि हुनेछ । आठ अंक, रातो रङ्ग आज तपाईँको लागि शुभ रहनेछ भने बाधाबिघ्न निवारणको लागि आज तपाईँले कन्या कुमारीलाई सेतो वा रातो पदार्थ दान दिनु उपयुक्त हुनेछ ।

कन्या : आजको दिन भौतिक सुखकर रहनेछ । जीवन साथीको वा विपरित लिङ्गीको सहयोग मिल्ने र प्रेमसम्बन्धमा सुधार आउनेछ । उपलब्धिकर यात्रा हुनसक्ने तथा सहयोगी स्वजनहरुसँग भेट्घाट हुनपाइने छ । व्यापार व्यवसाय आदिबाट हैसियत अनुसारको लाभ मिल्ने देखिन्छ । सामाजिक प्रतिष्ठा बढ्ने एवं कार्यक्रम आदिमा सरिक हुन पाइनेछ । विवाहयोग्य युवायुवतिको लागि वैवाहिक कुरा चल्न सक्ने छ । सात अंक, सेतो रङ्गको प्रयोग आज तपाईँको लागि शुभ रहने छ भने विपरित लिङ्गीको सेवा गर्नु वा सेतो रङ्गको वस्तु दान दिनु उचित हुनेछ ।

तुला : आजको दिन पुरुषार्थ बढ्ने कार्यक्षेत्रमा आएको अड्चन हटाउन प्रयत्न हुनेछ भने विपक्षिका उपर प्रतिकार गर्ने योजना पनि बन्नेछ तर, ग्रहले त्यति धेरै बल दिइसकेको छैन जसको कारणले आँट आएपनि काम फत्ते गर्न अल्लि गार्हो पर्नेछ । ससाना काम एवं व्यवसायमा उन्नती हुनेछ । र आम्दानी बढ्न सक्ने छ । शारीरिक आरोग्यता बढ्ने, अनुहारमा कान्ति बृद्धि हुनेछ । आज यहाँको लागि छ अङ्क, हरियो रङ्गको प्रयोग र बढी आँट गरेको काममा सफलता प्राप्त गर्न गुरु वा विद्वान मान्यजनको वा गाईको सेवा गर्नु उपयुक्त हुनेछ ।

वृश्चिक : आजको दिन आत्मप्रशंसाको आसक्ति बढेर जाने गोचर परेको छ । महत्वाकांक्षी मनोविज्ञानको व्यवहार देखाउनाले व्यक्तित्वमा ह्रास आउन सक्ने छ । भएर पनि नभएजस्तो अर्थात सह नहरहे जस्तो पर्नसक्ने छ । अलि बढी जोड गरिएको काममा अदृश्य रोकावट आउनसक्ने छ । आज बोलीवचनको व्यवहारमा पनि संयम अपनाउनु उचित हुनेछ । अर्काको चियोचर्चोमा समय दिँदा आफ्नो कार्य अधुरो रहन सक्ने कुरालाई नकार्न सकिन्न । पाँच अङ्क, रातो एवं सेतो रङ्गको उपयोग र भगवान भैरवदेवको दर्शन भक्ति गर्नाले दुःख कम गरी सुख बृद्धि हुनेछ ।

धनु : आजको दिन कार्यक्षेत्रमा केही अड्चनको सामना गर्न पर्न सक्ने छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । आफ्नै विचारमा पनि संकिर्णता आइदिनाले मानसिक द्वन्दको शिकार भइनसक्ने छ । सल्लाह गर्न बस्ने तर झगडा गरेर उठ्ने जस्तो पर्नसक्ने सम्भावना भएकोले बैठक आदिमा नयाँ विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले संघर्षबाट केही लाभ भने गर्न सकिएला । माँ सन्तोषीको श्रद्धाभक्तिको साथमा आमासमानकी मातृशक्तिको आर्शिवाद आज तपाईको लागि उपयुक्त हुनेछ ।

मकर : आजको दिन हिम्मतिलो र सक्रियभूमिका हुँदाहुँदै पनि मुख्य काममा अपेक्षा गरेबमोजिम फल नपाइने हो कि भन्ने शङ्का देखिएको छ । तथापि ठूलो परिणाममा नभएपनि केही उपलब्धि भने हुनेछ । आज गर्नै खोजेको कार्यलाई मान्यजनको अनुमति नमिल्न पनिसक्ने कुरालाई नकार्न सकिन्न । बाँकी पक्षमा उत्साह-उमङ्गिलो दिन मान्न सकिन्छ । स्वजनबाट सहयोग मिल्ने र प्रतिस्पर्धामा विजय भइने छ । सामान्यतया आकस्मिक लाभ एवं प्रख्याति मिल्नेछ । आज गुरुजनको आशिर्वाद लिनु वा उहाँहरुलाई खुशी बनाउनुले मुख्यकाममा आउने अबरोध निवारणको लागि मद्दत गर्नेछ ।

कुम्भ : आजको दिन आर्थिक धन सञ्चय हुने ग्रहगोचर परेको हुनाले व्यवसायिक क्षेत्रबाट राम्रो धनलाभ गर्न सकिने छ । कसैकसैलाई पेशा इतरको क्षेत्रबाट पनि अर्थलाभ हुनसक्ने छ भने गुप्तधन प्राप्ति हुन सक्ने सम्भावना पनि देखिन्छ । यथोचित उपलब्धी हुनाले काममा हर्ष उल्लास एवम् उत्साह बढ्ने छ । वाणीको ओज बढ्ने हुनाले बोलीबचनले मान्छेहरुलाई प्रभाव पार्न पनि सकिने छ । परोपकार एवम् समाज सेवाका काम कार्यमा पनि सरिक हुने तथा भूमिका निर्वाह गर्ने मौका मिल्न सक्ने छ । आज यहाँको लागि दुई अंक, सेतो रङ्ग उपयोगी हुनेछ भने सन्तोषीमाँको सेवा आराधना पूण्यप्रद हुनेछ ।

मीन : आजको दिन शारीरिक आकर्षण एवम् मानप्रतिष्ठा बढ्नेछ भने मिठो खानेकुरा प्राप्ति हुनसक्ने छ । व्यवसायबाट धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुनसक्ने देखिन्छ । अभिष्टकार्यमा सफलता मिल्नसक्ने गोचर रहेको छ, ईच्छित कार्य पूर्णताको लागि दृढताको साथमा अगाडि बढ्नसकिने छ । कार्यक्षेत्रमा तथा सामाजिक जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइनसक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । आज यहाँले पितृको नाममा गरीब दीनदुःखीहरुलाई भोजन खुवाउनु वा दान दिनु विशेष शुभकर हुनेछ ।
 

साइतः सूर्य धनु चन्द्रमा मिथुन राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्व दशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः४१ बजेदेखि      ०७ः५९ बजेसम्म    काल बेला
बिहान ०७ः५९ बजेदेखि      ०९ः१८ बजेसम्म    शुभ बेला
बिहान ०९ः१८ बजेदेखि      १०ः३६ बजेसम्म     रोग बेला
बिहान १०ः३६ बजेदेखि       ११ः५४ बजेसम्म    उद्वेग बेला
बिहानमा ११ः५४ बजेदेखि       १ः१३ बजेसम्म   चर बेला
दिनमा १ः१३ बजेदेखि        २ः३१ बजेसम्म      लाभ बेला
दिनमा २ः३१ बजेदेखि        ३ः५० बजेसम्म     अमृत बेला
साँझ ३ः५० बजेदेखि        ५ः०७ बजेसम्म     काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ