arrow

चीनमा कुल जनसङ्ख्याको ४० प्रतिशत कोभिड सङ्क्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २३ शनिबार
china-covid-cases-increase.jpg
फाइल तस्बिर

बेइजिङ। देशमा बढ्दो केसबीचमा गत महिनामा कोभिडबाट चिनियाँ जनसङ्ख्याको ४० प्रतिशत सङ्क्रमित भएको एसिया टाइम्सले चिकित्सा विज्ञहरूलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

चिनियाँ महामारीविद् जेङ गुआङले अधिकांश चिनियाँ सहरहरूले आफ्ना ५० प्रतिशत मानिसमा पोजेटिभ परीक्षण गरेको जानकारी दिएकाले देशमा औसतमा ४० प्रतिशत जनसङ्ख्यामा सङ्क्रमण भएको हुनसक्ने अनुमान गर्नु उचित भएको हङकङस्थित अङ्ग्रेजी समाचार आउटलेटले जनाएको छ।

चिनियाँ महामारी विशेषज्ञ र चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगको कोभिड प्रतिक्रिया विशेषज्ञ टोलीका पूर्व प्रमुख लियांग वान्नियनका अनुसार हालको महामारीको मृत्यु दर गणना गर्न धेरै गाह्रो छ। चिनियाँ महामारी विशेषज्ञले यो महामारी समाप्त भएपछि मात्र सही तथ्याङ्क उपलब्ध हुने बताएका छन्।

चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार चीनमा भाइरस प्रसारण आशा गरिभन्दा तीव्र ढङ्गले विस्तार भएको झेङ गुवाङले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ