arrow

कोरोनाका तीन संक्रमित थपिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २३ शनिबार
corona-omicron-nepal.jpg

काठमाडौं । कोरोना भाइरसबाट थप तीन जना संक्रमित भएका छन् । आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज थप एक जनाको मृत्यु भएको जनाएको छ । यो मृत्यु हिजो भएको थियो । हिजो साँझ वीर अस्पतालमा ५७ वर्षीय पुरुषको मृत्यु भएको थियो । 

नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ