arrow

आर्थिक संकटका बीच पाकिस्तानी सेना प्रमुख साउदी भ्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
pakistani-army-chief.jpg

काठमाडौं । दक्षिण एसियाली देश पाकिस्तानले अभूतपूर्व आर्थिक सङ्कटको सामना गरिरहेको बेला यहाँ नयाँ सेना प्रमुखले खाडी राज्यको आफ्नो पहिलो औपचारिक भ्रमण गरेका छन्। भ्रमणका क्रममा उनले रक्षा मन्त्रीलगायत उच्च साउदी अधिकारीहरूसँग वार्ता गरेका छन्।

नोभेम्बरमा पदभार ग्रहण गरेका जनरल सैयद असिम मुनीरले आफ्नो पहिलो विदेश यात्रामा निकट रक्षा र आर्थिक सहयोगी साउदी अरेबियाको भ्रमण गर्दै आफ्ना पूर्ववर्तीहरूको पाइला पछ्याएका हुन्।

करिब एक साता लामो भ्रमणका क्रममा उनले संयुक्त अरब इमिरेट्स (युएई)को पनि भ्रमण गर्ने कार्यक्रम रहेको थियो।

चीप अफ आर्मी स्टाफ ‘सीओएएसले दुवै भातृत्व देशका वरिष्ठ नेतृत्वसँग पारस्परिक हितका विषयमा छलफल गर्न, सैन्य–सैन्य सहयोग र सुरक्षासँग सम्बन्धित विषयमा केन्द्रित द्विपक्षीय सम्बन्धबारे छलफल गर्नेछन्,’ पाकिस्तानी सेनाको सञ्चारमाध्यम इन्टर सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले भनेको छ ।

जनरल मुनीरले गत हप्ताको बिहीबार राजधानी रियादमा साउदी रक्षामन्त्री प्रिन्स खालिद बिन सलमान बिन अब्दुलअजीजसँग सैन्य सहयोगबारे छलफल गरेको साउदी प्रेस एजेन्सीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ