arrow

प्रचण्ड विश्वासको खोजीमा : माधव र उपेन्द्रलाई फकाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
prachanda-madhav-nepal.jpg

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिनुअघि समर्थन गरेका पार्टीहरूका नेताहरूसँग भेटघाट बाक्लो बनाएका छन् । 

प्रचण्डले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् । यही क्रममा सरकारलाई समर्थन गरेका तर सरकारमा सहभागी नभएका दुई दलका शीर्ष नेतासँग प्रचण्डले भेटघाट गरेका छन् । 

प्रचण्डले पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेट गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा दुबै नेतासँग प्रचण्डले सरकारमा सहभागी हुन र विश्वासको मत दिन अनुरोध गरेको उनको सचिवालयले जनाएको छ । 

उपेन्द्र नेतृत्वको जसपाले सरकारलाई विश्वासको मत दिने बारे औपचारिक निर्णय गर्न आज बैठक डाकेको छ । सत्ता साझेदार दलहरूको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि सरकारलाई विश्वासको मत दिने तयारीमा जसपा छ ।

त्यस्तै नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि सरकारलाई विश्वासको मत दिने सम्भावना छ । 

प्रचण्ड विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।  नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ