arrow

माधव नेपाल र उपेन्द्र यादवसँग पार्टी एकता गर्ने प्रचण्डको प्रस्ताव

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
Prachanda-nepal-yadav-madha.jpg

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिनुअघि नै पार्टी एकताको प्रस्ताव अघि सारेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग उनले सो प्रस्ताव गरेका हुन्। 

प्रचण्डको सो प्रस्तावपछि आइतबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार अध्यक्ष नेपाल र यादव पुगेका थिए । प्रधानमन्त्रीले मङ्गलवार  विश्वासको मत लिने भएपछि उनले वृहत् वामपन्थी एकताको नारा दिएर नेकपा एसलाई र बाबुराम भट्टराईलाई माओवादीमा ल्याउने कोसिस गरेका छन् । साथै उनले वामपन्थीसँग नजिक रहेका उपेन्द्र यादवलाई पनि विश्वासको मत माग्दै पार्टी एकताको प्रस्ताव गरेका हुन् । 

‘प्रधानमन्त्री प्रचण्डले नेकपा एस र जसपालाई सरकारमा ल्याउने प्रयास गरिरहनुभएको छ, त्यसका लागि आवश्यक परे पार्टी एकता गर्नुपरे पनि पछि नहट्ने बताउनु भएको छ’, सिंहदरबारमा प्रचण्डसँगै रहेका एक माओवादी नेताले भने ।

अहिलेको सरकारलाई जसपाले सरकारलाई समर्थन गरिसकेको छ भने नेकपा एस अझै पर्ख र हेरेको अवस्थामा रहेको तर विश्वासको मत दिने पक्षमा रहेको छ । आइतबारको भेटमा  प्रधानमन्त्री प्रचण्डले दुई नेतालाई आफूलाई विश्वासको मत दिन आग्रह गरेका गर्नुका साथै पार्टी एकताबारे पनि छलफल गरेको स्रोतको दाबी छ ।

न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरूमध्ये २ वटा सर्तहरू समेटिएको भन्दै जसपाले शनिवार विश्वासको मत दिने आधार खडा भएको निर्णय गरेको थियो । 

प्रचण्डसँग रिसाएका माधव नेपालले आइतबार बिहान प्रचण्डसँग तेस्रो भेट गरेका छन् । सुरुमा कांग्रेससँग गठबन्धन तोड्नै पर्ने स्थित आए एमाले अध्यक्ष केपी ओलीसँग सँगै गएर कुराकानी गर्ने प्रचण्ड र नेपालको बीचमा समझदारीलाई प्रचण्डले उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएर बसेका थिए । 

तर प्रचण्ड प्रधानमन्त्री भएपछि यी दुई नेताका बीचको यो तेस्रो भेटघाट भएको थियो । नेपालले प्रधानमन्त्रीसँग पहिलो पटक प्रचण्डका भान्जा गोकुल भण्डारीको हात्तिवनस्थित निवासमा र दोस्रो पटक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गरेका थिए । त्यसपछि आइतबार माओवादी दलको कार्यालयमा यो तेस्रो भेटवार्ता हो ।

प्रधानमन्त्रीले माधव नेपालसँग विश्वासको मत दिन र सरकारमा समेत सहभागी हुन आग्रह गरिरहेका छन् । आइतबार सुरुमा माधव नेपाल र त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि सँगै भेटघाट गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ