सीसीपीको दबाबपछि आफ्नो कम्पनीको सेयर समायोजन गर्दै ज्याक मा
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
1.5k
Shares
काठमाडौं। चिनियाँ उद्यमी ज्याक माले आफ्नो विशाल फिन्टेक कम्पनी 'एन्ट ग्रुप (Ant Group)' को नियन्त्रण हस्तान्तरण गर्ने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीले पछिल्ला वर्षमा ज्याक मालाई लक्षित गर्दै गत वर्ष प्रविधि क्षेत्रमा ठूलो क्र्याकडाउन सुरु गरेको थियो।
कम्पनीले शनिबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि शेयरधारक एक्लै व्यक्ति वा पक्षसँग संयुक्त रुपमा एन्ट ग्रुपको नियन्त्रण नरहोस् भन्ने हिसाबले आफ्नो स्वामित्व संरचना समायोजन गरिरहेको बताएको हो।
सन् २०२० को नोभेम्बरमा विश्वको सबैभन्दा ठूलो आईपीओको रुपमा एन्ट ग्रुपको ३७ अर्ब अमेरिकी डलरको आईपीओ चिनियाँ सरकारी अधिकारीहरुले अन्तिम मिनेटमा रद्द गरेका थिए।
यो कदमले वित्तीय प्रविधि फर्म एन्ट ग्रुपको जबरजस्ती पुनर्संरचनाको नेतृत्व गर्दै कम्पनीबाट चिनियाँ अरबपतिको नियन्त्रण हटाइनु पर्ने रणनीति बनाएको थियो।
माले अप्रत्यक्ष रूपमा एन्ट ग्रुपको ५३.४६ प्रतिशत सेयर नियन्त्रण गर्दै आएका छन्, जसले उनलाई कम्पनीको कन्ट्रोल व्यक्ति बनाएको छ।