arrow

तीन वर्षसम्म बन्द सिमाना चीनले आजबाट खोल्यो, देश फर्किनेको लर्को

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २४ आइतबार
china-border-opens.jpg

काठमाडौं । सन् २०२० को मार्चमा यात्रा प्रतिबन्ध लगाएपछि चीनले पहिलो पटक अन्तर्राष्ट्रिय आगन्तुकहरूको लागि आफ्नो सिमाना खोलेको छ। करिब तीन वर्षपछि अब, चीनमा आउने यात्रुहरूले क्वारेनटाइन बस्नु पर्ने छैन।

यद्यपि, उनीहरूले अझै पनि यात्राको ४८ घण्टा भित्र पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट भने देखाउनु पर्नेछ।

यस कदमलाई परिवारसँग पुनर्मिलन गर्न उत्सुक धेरैले स्वागत गरेका छन्। हङकङबाट ४० हजार मानिसहरूले आउँदो साता मुख्य भूमि चीन जाने अपेक्षा गरिएको छ।

बेइजिङ र सियामेन लगायतका शहरहरूको उडानको लागि त्यहाँ कयौँ उडान टिकट काटिने छन्।

आइतबार मात्रै पनि हङकङ-झुहाई-मकाउ ब्रिजमा गुआंग्डोंग प्रान्तको बस चढ्न कयौँ विद्यार्थीलगायतका मानिसहरू आएका थिए।

एक व्यक्तिले बीबीसीलाई उनले आफ्नो विस्तारित परिवारलाई पाँच वर्षमा नदेखेको र हालै मात्र चीनको टिकट किनेपछि अत्यधिक उत्साहित भएको बताएका छन्।

एउटा महिलाले समाचार एजेन्सी रोयटर्सलाई आफ्ना आमाबाबुलाई वर्षौंदेखि नदेखेको र अहिले चीन जान पाउँदा निकै खुसी भएको बताएकी छन्।

चीनले लुनार नयाँ वर्षअघि परिवारसँग समय बिताउन घर फर्किने पहिलो चरण चुन युनको सुरुमा सीमा खुला गरेको हो।

यस लुनार नयाँ वर्षमा दुई अर्ब भ्रमणहरू हुने अपेक्षा गरिएको छ, जुन गत वर्षको यात्राको संख्या भन्दा दोब्बर हुनेछ। चीनले आज जनवरी ८ देखि सीमा खुला गरे पनि चीनबाट आफ्नो देशमा आउनेहरुका लागि भने १७ भन्दा बढी देशले कोभिड-१९को नेगेटिभ परीक्षण अनिवार्य गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ