arrow

संसद, राष्ट्रपतिको दरबार र अदालतमा हमला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
jair-bolsonaro-brazil-president.jpg
तस्बिर – फाइल ।

रियो दि जेनेरियो । ब्रजिलका चरम दक्षिणपन्थी पूर्वराष्ट्रपति जैर बोल्सोनारोका सयौं समर्थकहरूले प्रहरी अवरोध तोडेर संसद, राष्ट्रपतिको दरबार र सर्वोच्च अदालतमा आक्रमण गरेका छन् । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले आक्रमणलाई तानाशाही भन्दै त्यसको निन्दा गरेका छन् ।

झण्डाको हरियो र पहेंलो लुगा लगाएका प्रदर्शनकारीहरूको सागर राज्यका तीन वटै शक्तिमा पुगेर हमला गरेका थिए । चकित पार्ने तस्बिरहरूले सन् २०२१ को ६ जनवरीमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले अमेरिकी क्यापिटल भवनमा गरेको आक्रमणलाई झल्को दिएको थियो ।

दक्षिणपूर्वी शहर अराराक्वारामा गम्भीर बाढीले प्रभावित क्षेत्रको भ्रमण गरेका लुलाले ब्राजिलियामा संघीय हस्तक्षेप घोषणा गर्दै आफ्नो सरकारलाई राजधानीमा कानून र व्यवस्था पुनर्स्थापना गर्न विशेष अधिकार दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ