arrow

कोरोनाको किट बनाउने चिनियाँ कम्पनीले निकाल्यो कामदार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
corona-test-kit.jpg

काठमाडौं ।  कोभिड १९ संक्रमण बढिरहेको चीनमा कोभिड टेस्ट किट बनाउने कम्पनीले कामदार निकालेको छ । कामदार निकालेसँगै किट बनाउने कारखानामा आइतबार झडप भएको छ । आन्दोलनकारीले प्रहरीमाथि औषधिको बक्स फालेका छन् । 

व्यक्तिहरू कामबाट निकालिएको र तलब नपाएकोमा आक्रोशित थिए । विरोध गर्दा प्रहरीले उनीहरूलाई रोकेपछि हिंसात्मक झडप भएको थियो ।

रोयटर्सका अनुसार चोङकिङ सहरमा कोभिड टेस्ट किट बनाउने जेबियो कम्पनीले धेरै कर्मचारीहरूलाई बर्खास्त गरेको छ र तलबसमेत दिएको छैन।

यसपछि कारखाना बाहिर प्रदर्शनकारीको सुरक्षाकर्मीसँग झडप भएको थियो । सामाजिक सञ्जालमा हिंसाका भिडियो भाइरल भइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ