arrow

साताको प्रारम्भ फलदायी रहने, केही संघर्षपूर्ण रहने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
horoscope-weekly-anytime.jpg

साप्ताहिक फल : साताको प्रारम्भ फलदायी रहनेछ भने केही संघर्षपूर्ण रहनेछ । परिस्थिति अलि संघर्षमय रहेपनि राजनीतिमा सफलता हात लाग्ने साता रहेको छ । विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ । बिहीबारदेखि देशको आर्थिक स्थितिमा सुधार आउनेछ । मुलुकको पश्चिम भूभागमा सवारी दुर्घटनाको भय पनि रहेको छ ।

साप्ताहिक राशिफल :

मेष : प्रारम्भमा पारिवारिक मतभेदले काम रोकिन सक्छ । केही विवादास्पद जिम्मेवारीसमेत वहन गर्नुपर्ला। तापनि, सामाजिक कामले हौसला प्रदान गर्नेछ । मंगलवारदेखि स्थितिमा सुधार आउनेछ । अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले उपलब्धि दिलाउन सक्छ। रोकिएका काम बन्नेछन् र आँट गर्दा ठूलै काम पनि सम्पादन हुनेछ । सप्ताहान्तमा विभिन्न अवसर प्राप्त हुनेछन् र दैनिकीले उचाइको बाटो समाउनेछ । प्रेमको बन्धन कसिलो हुनेछ । भौतिक साधन जुट्नाले दिगो काम शुरु गर्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। मेष राशि भएका व्यक्तिहरुका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् ।

वृष : साता केही संघर्षपूर्ण रहनेछ । प्रारम्भमा काम बिग्रने भयले सताउन सक्छ। सहयोगीहरूले हात झिक्नेछन्, शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। मंगलवारदेखि पारिवारिक समस्याले सताउन सक्छ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अध्ययनमा भने केही उपलब्धि हासिल गर्न सकिनेछ। स्वास्थ्यका लागि सुपाच्य खानपानमा विशेष ध्यान दिनुहोला। चुनौती देखिए पनि समस्याको जड पत्ता लाग्नेछ। लामो समयदेखि रोकिएका काम साताको उत्तरार्धमा बन्नेछन्। पुरुषार्थ देखाएर लाभ उठाउन सकिनेछ। वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । मंगलबार गणेशजी, शनिबार भैरवजी र सोमबार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । साथै उदाउँदो सूर्यलाई अघ्र्य दिई शिवजीलाई जल चढाउनाले पनि ग्रहबाधा कम हुनेछ ।

मिथुन : साताको प्रारम्भ रमाइलो र उपलब्धिमूलक रहनेछ । विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। सहयोगीहरूले साथ दिनेछन् भने प्रतिस्पर्धीहरू परास्त हुनेछन्। नयाँ प्रक्रियाबाट काम गर्ने अवसर जुट्नेछ। मिहिनेतले अधिकार र प्रतिष्ठा दिलाउनेछ। मनग्य अर्थलाभ पनि हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। सप्ताहान्तमा भने अलि अस्वस्थ भइनेछ। केही घरेलु समस्या पनि देखिनेछन्, सावधान रहनुहोला। कृषि र पशुपालनमा फाइदा हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । तपाइँले प्रत्येक दिन आफ्नो इष्टदेवको पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रतिकूल समयमा शनिको मन्त्रजप गर्नुहोला ।

कर्कट : प्रारम्भमा इच्छाशक्ति बढ्नाले महत्वाकांक्षी काम शुरु हुनेछ। आँटले काम लिँदा लक्ष्यमा पुगिनेछ। पारिवारिक जमघटको आनन्द प्राप्त हुनेछ। अध्ययनद्वारा व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। मंगलबार र बुधवार भने वादविवादमा परिने, खर्च बढ्ने र आम्दानी रोकिने सम्भावना छ, सजग रहनुहोला। आत्मसम्मानका लागि मौन रहनु बेस हुनेछ। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ। तापनि, भौतिक साधनको कमीले व्यवहारमा अप्ठ्यारो पर्न सक्छ। प्रयत्न गर्दा नियमित काम सम्पादन हुनेछन्। लगनशीलताले नाम, दाम र इनाम पनि दिलाउनेछ। कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । तपाइँले सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र शाकाहारी भोजन ग्रहण गर्नुहोला । बुधबार परेवालाई चारो र असहायलाई सहयोग गर्नाले पनि तपाइँको भाग्यमा वृद्धि हुने र मनोकांक्षा पनि पूरा हुनेछ ।

सिंह : प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। परिस्थितिले केही थकित तुल्याउन सक्छ। तापनि आँटेको काम सम्पादन हुनेछ। मंगलबारदेखि खानपान र पहिरनको सोखले खर्च बढाउन सक्छ। स्वास्थ्य पनि अलि कमजोर रहनेछ। आगन्तुकले अलमल्याउन सक्छन्। केही काम रोकिनाले आर्थिक पक्ष पनि कमजोर बन्ने सम्भावना छ। आलोचकहरूले आफ्ना कमजोरीप्रति औंलो ठड्याउन सक्छन्। भौतिक साधनको कमीले दैनिक काममा अप्ठ्यारो पर्न सक्छ। कर्मक्षेत्र र स्वास्थ्यमा केही बाधा हुनेछ। सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । राहु तथा केतु ग्रहको नकारात्मक प्रभावबाट बच्न र वृहस्पति ग्रहको दोष शान्त पार्न शिव भगवानको पूजा गर्नुहोला ।

कन्या : शुरुमा आम्दानी बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यापार बढ्नेछ र राम्रै आम्दानी हातलागी हुनेछ। तर प्राप्त रकम बाहिरिने हुँदा अर्थ अभावले सताउनेछ। साताभरि स्वास्थ्यबाधा, अर्थहानि जस्ता समस्यासँग जुध्नुपर्ला। काम बिग्रने डरले सताउन सक्छ। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा रमाइलो भेटघाट र खानपानको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकसँगको साक्षात्कारले समस्यामा परिनेछ। आफन्त र साथीभाइको सहयोगले अभीष्ट पूरा हुनेछ। कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । यो राशि भएका व्यक्तिले हरियो कपडा लगाउदा राम्रो हुनेछ ।

तुला : राम्रो अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारीले साताभरि अलमलिनुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मंगलवार र बुधवार काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। व्यवसायमा सामान्य फाइदा हुनेछ। सञ्चित कर्मफल प्राप्त हुनेछ तर उठेको रकम तत्काल खर्च हुनेछ। बिहीवारपछि काममा अलि बाधा पुग्नेछ। फजुल खर्च बढ्नाले ऋण–कर्जा समेत बढ्न सक्छ। सप्ताहान्तमा पछिका लागि लगानी जुटाउनुपर्ने हुन सक्छ। खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ। तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । तपाइँले नीलो रंगको कपडा लगाउँदा मनमा शान्ति छाउनेछ ।

वृश्चिक : काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र जोश जाँगर बढ्नेछ। लोकप्रिय कामले समाजमा स्थापित गराउनेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख प्राप्त हुनेछ। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। पदीय जिम्मेवारी समेत प्राप्त हुने सम्भावना छ। रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। सहयोगीहरूले पनि काममा साथ दिनेछन्। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। व्यापार बढ्नाले आम्दानी बढ्नेछ र सप्ताहान्तमा विशेष लाभ हुने सम्भावना छ। वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । मन शान्त राख्नका लागि रातो रंगको कपडा लगाउदा राम्रो हुनेछ ।

धनु : प्रारम्भमा स्वास्थ्य कमजोर रहनेछ र अलमलमा समय बित्नेछ। चिताएको काम रोकिन सक्छ। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउने देखिन्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। परिस्थिति अलि असहज बन्न सक्छ। साताको उत्तरार्धमा समस्या सुल्झाउन सफल भइनेछ। चुनौती देखिए पनि समस्याको जड पत्ता लाग्नेछ। मिहिनेत गर्दा अवसर प्राप्त हुनेछन्। सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। प्रयत्न गर्दा नयाँ काम गर्ने अवसर जुट्न सक्छ। साथीभाइले पनि साथ दिनेछन्। केही उपलब्धि हातपार्न सफल भइनेछ। धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । प्रत्येक शनिबार पीपलमा जल चढाउन सके शनिग्रह शान्त हुनेछन् । पहेंलो रंगको कपडा लगाउदा शुभ हुनेछ ।

मकर : प्रारम्भमा रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। साथीभाइ नजिकिनेछन्। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। महत्वपूर्ण काम सुरुमै गर्दा सफलता मिल्नेछ। व्यापार–व्यवसायमा समेत फाइदा हुनेछ। मंगलबारदेखि स्वास्थ्यमा समस्या आउनाले काम रोकिन सक्छ। आर्थिक पक्ष पनि कमजोर बन्नेछ। अप्ठ्यारो समयमा साथीभाइ समेत टाढा हुनेछन्। परिस्थिति अलि संघर्षमय रहनेछ। बिहीवारदेखि स्थितिमा सुधार आउनेछ र रोकिएको काम पनि बन्नेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। मकर राशि भएका व्यक्तिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । आफ्नो मन शान्त राख्नका लागि कालो रंगको कपडा लगाउनुहोला ।

कुम्भ : अवसर आए पनि प्रतिस्पर्धीहरूसँग जुध्नुपर्ने समय छ। फजुल खर्च बढ्नाले सञ्चित रकम घट्नेछ। कर्जा दिनुअघि मूलधन सुरक्षामा सजग रहनुहोला। मंगलवारदेखि रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। प्रियजनसँग भेटघाट हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनुका साथै जीवनशैलीमा परिवर्तन आउनेछ। दिगो व्यवसायमा हातहाल्ने समय छ। रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। बिहीबारपछि काम छोड्नाले अवसर गुम्न सक्छ। स्वास्थ्यमा पनि केही समस्या आउन सक्छ। तर समयमा समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । तपाइँले हनुमान चालिसाको पाठ, शिवजीको दर्शन, पीपलको पूजा गर्नाले ग्रह पीडा कम हुनेछ ।

मीन : साताको प्रारम्भ फलदायी रहनेछ। बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनतेले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। पुरुषार्थी कामले उचाइमा पुर्याउनेछ। व्यवसायका लागि यात्रा गर्नुपर्ला। सप्ताहान्त केही खर्चिलो रहनेछ। वादविवादले आत्मीय सम्बन्ध पनि कमजोर बन्नेछ, सजग रहनुहोला। मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । शनिवार महामृत्युञ्जयको जप गरेर र कुकुरलाई रोटी दिनाले पनि काममा सफलता मिल्नेछ । साथै घर वरिपरि केराको वृक्ष लगाउनाले पनि भाग्यमा वृद्धि हुनेछ । (नोटः यो राशिफल चन्द्रमाको दैनिक गति अनुसार लेखिएको हो । मनुष्यको जीवनलाई जन्मकुण्डलीमा भएका विभिन्न शुभ, अशुभ ग्रह र तिनीहरूका दशाले प्रभावित गर्दछ ।)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ