arrow

देउवा, ओली, प्रचण्ड, गगन र रविले रेशम चौधरी निर्दाेष भनेका छन् : रञ्जिता श्रेष्ठ चौधरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
ranjeeta-shrestah-nup-parliament.jpg

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले २०७२ भाद्र ७ गते टिकापुर घटना कुनै बन्द कोठाभित्र गराएको घटना नभएको सो घटनाका साँची कयौं मध्ये एउटा रेशम चौधरी र केही थारुहरुलाई जेलमा राखिएको बताएकी छन्।

सोमबार नयाँ संसदको पहिलो अधिवेशनमा बोल्दै उनले टिकापुर घटनाका बेला अभियोगपत्रमा रेशम चौधरी २१ किलोमिटर टाढा लम्कि चिसापानीको टावरको सम्पर्कमा रहेको भन्दै उनले रेशम चौधरी कांग्रेस, माओवादी एमाले जस्ता ठूला राजनीतिक दलको कार्यकर्ता नभएकै कराण झुटा मुद्दा लगाइयो या चौधरी भएका कारण मुद्दा लगाइयो भन्दै उनले प्रश्न गरेकी छन्।

रेशम चौधरीले र निर्दोष चौधरीहरुले आफ्नो थारु पहिचान खोजेकै लागि जेलमा हालेको उनको आरोप छ। उनले टिकापुर घटना हुँदा घटनास्थलमै रहेका दुई इन्स्पेक्टरले आफ्नो नागरिक उन्मुक्ति पार्टीबाट चुनाव लड्न खोजेका तर, प्राविधिक कारण नमिलेको समेत बताएकी छन्।

पीडित प्रहरी परिवारले पनि न्याय पाउनुपर्छ भन्दै उनले न्यायका नाममा चरम ज्याजती गर्न पाइन्छ? भन्दै प्रश्न गरेकी छन्।

यस्तै उनले, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टुडीखेलमा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घनगढीमै गएर, गृहमन्त्री रवि लामिछानेले पनि निर्दाेष भनेको, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदकै रोस्टममा र गगन थापाले पनि धनगढीमै पुगेर रेशम चौधरी निर्दोष भनेको बताएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ