देशको भौगोलिक अखण्डताका लागि सङ्घीयता अपरिहार्य : सिके राउत
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
853
Shares
काठमाडौँ। जनमत पार्टी अध्यक्ष तथा दलका नेता चन्द्रकान्त राउत (सिके राउत)ले देशको भौगोलिक अखण्डताका लागि सङ्घीयता अपरिहार्य रहेको बताएका छन्।
प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले देश जातीय तथा धार्मिक विधातायुक्त रहेकाले भौगोलिक अखण्डताका लागि सङ्घीयता अपरिहार्य रहेको बताएका हुन् । यसका लागि आफू नै उदाहरण रहेको उनको भनाइ छ।
लोकतान्त्रिक व्यवस्थाको रक्षा र संवर्द्धन गर्नुपर्नेमा जोड दिँदै उनले जनताको यावत् समस्या समाधान गरेर अघि बढ्नुपर्ने बताए ।