arrow

ब्रजिलमा दंगा: सयौंको गिरफ्तारीपछि संसद, राष्ट्रपति भवन र सर्वाेच्च अदालत खाली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
brazil-jai-bolsonaro-riots-brazil-lula.jpg

काठमाडौं । ब्राजिलमा प्रहरीले सयौं मानिसहरूलाई गिरफ्तार गरी देशको संसद, राष्ट्रपति भवन र सर्वोच्च अदालतलाई पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूको दंगाबाट मुक्त गरेको छ।

आइतवार एक ट्वीटमा प्रहरीले राजधानी ब्राजिलियामा कम्तिमा ३०० मानिसहरूलाई हिरासतमा राखिएको जनाएको छ।

बोल्सोनारोका हजारौं समर्थकहरूले उनको चुनावी पराजयलाई स्वीकार गर्न अस्वीकार गरेपछि सुरु भएको जनवरी ८ को दंगाले २ वर्षअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थकहरूले संयुक्त राज्य अमेरिकाको क्यापिटल हिलमा गरेको आक्रमणको झल्को दिएको छ।

'अन्तिम सदस्यको पहिचान नभएसम्म अनुसन्धान जारी रहनेछ,' वाचा प्रहरीले गरेको छ।

आइतवारको हमलाबाट मृत्यु वा चोटपटकको कुनै रिपोर्टहरू तत्काल भने आएका छैनन्।

यो आक्रमणलाई विश्वभरका केही नेताहरूले निन्दा गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई 'लोकतन्त्र र शक्तिको शान्तिपूर्ण हस्तान्तरणमाथिको आक्रमण' भनेका छन्, र ब्राजिलका प्रजातान्त्रिक संस्थाहरूलाई वाशिंगटनको पूर्ण समर्थन रहने बताएका छन्।

युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेलले आफ्नो 'पूर्ण निन्दा' सहित ट्विट गरेका छन् भने, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्राजिलका संस्थाहरूको सम्मान गर्न आह्वान गरेका छन् र लुलालाई 'फ्रान्सको अटल समर्थन' जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ