arrow

भाले र रक्सी खुवाएर बिगार्ने भए  : दीपक मनाङे 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
Deepak-Manange.jpeg

काठमाडौं ।  गण्डकी प्रदेशमा मन्त्री समेत भएका दीपक मनाङेले आफू मुख्यमन्त्रीको दाबेदार भएको बताएका छन् ।  

चुनावपछि एकीकृत समाजवादीमा प्रवेश गरेका सांसद मनाङेले दुई वर्षपछि आफू गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने दाबी गरेका हुन्।

उनी अहिले तत्काल मन्त्री नलिने एकै पटक मुख्यमन्त्री खाने सुरमा रहेको बताएका छन् । उनले आफू १८ महिना मन्त्री खाएर थाकेकोले भाले र रक्सी खादै बसेको बताएका छना । 

आफू मन्त्रीबाट बिदा भएपछि भाले र रक्सी खुवाएर आफूलाई बिगार्न लागेको भन्दै टिप्पणी गरेका छन् । उनले भने, ‘भाले र रक्सी खुवाएर खत्तम बनाउन लागिसके ।' 

शुरुमा एमालेलाई सहयोग गरेका उनी कांग्रेस नेतृत्वको सरकारमा आएका थिए ।  मनाङेले यस पटक  मुख्यमन्त्रीमा खगराज अधिकारीलाई समर्थन गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ