arrow

माधवको पार्टी भित्रने तयारीमा घनश्याम 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
ghanashayam-bhusal-2079-07-16.jpg

काठमाडौं । नेकपा एमाले छोडेर स्वतन्त्र निर्वाचन लडेका घनश्याम भुसाल माधव कुमार नेपालको नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । 

आज औपचारिक कार्यक्रम गरेर भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने तयारीमा छन् ।

माधवकुमार नेपालले नेकपा एमाले छोड्दा भुसाल नेपालको समर्थनमा थिए । तर उनी एमालेमै रहे । 

एमालेले मङ्सिर ४ को निर्वाचनमा टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर उठेका थिए ।  

रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका भुसाल एमालेका सचिव छविलाल विश्वकर्मासँग पराजित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ