arrow

एकीकृत समाजवादीमा प्रवेश गर्ने क्रममा महासचिव दिनुपर्ने घनश्याम भुसालको सर्त

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
ghanashyam-bhusal-uml.jpg

काठमाडौं। एमालेविभाजनका बेला १० बुँदे सहमति गरेर नेकपा एमालेमै बसेका घनश्याम भुसाल माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीमा प्रवेश गर्न लागेका छन् । प्रतिनिधि सभा चुनावका बेला नेकपा (एमाले)ले टिकट नदिएपछि उनी एमालेबाट बाहिरिएका पछि फुर्सदमा रहेका भुसाल एस पार्टीमा प्रवेश गर्ने भएका हुन् ।  

तत्कालीन कांग्रेस, माओवादीको सहयोगमा रुपन्देही १ मा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडेका तत्कालीन एमाले नेता भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने क्रममा महासचिव दिनुपर्ने सर्त राखेका छन् । उनी बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् । 

रुपन्देही १ मा उनी एमालेका सचिव छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।‘सम्भबत बिहिबारसम्ममा उहाँ (भुसाल) एकीकृत समाजवादीमा औपचारिक रुपमा प्रवेश गर्नुहुनेछ,’ नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नथ खतिवडाले भने‘केही विषयहरु टुगिंएको छैन, अब टुङ्गिन्छ होला ।’

भूसालले एकीकृत समाजवादी प्रवेशका लागि आफ्नो तर्फबाट ५ पृष्ठको प्रस्ताव पनि राखेका छन् । ‘कम्युनिस्ट आन्दोलनको पुनर्गठन, रूपान्तरण तथा एकीकरणका लागि प्रस्ताव’ पेश गरेका थिए । भुसालले एकीकृत समाजवादीले बनाएको कार्यदललाई पुस २४ मा आफ्नो प्रस्ताव बुझाएका थिए । सो विषयमा एस पार्टीका नेताहरूले छलफल गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ