arrow

जीनाजंग कार्कीमाथि बिर्तामोड उद्योग वाणिज्य संघ झापाका अध्यक्ष शिवाकोटीले गरे दुर्व्यवहार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २६ मंगलबार
prakash-shiwakoti-industralist.jpg

विराटनगर । प्रदेश १ खेलकुद विकास बोर्डकी उपाध्यक्ष जीनाजंग कार्कीमाथि दुर्व्यवहार भएको छ । उनलाई आज साँझ बिर्तामोड उद्योग वाणिज्य संघ झापाका अध्यक्ष प्रकाश शिवाकोटीले दुर्व्यवहार गरेका हुन् । जीनाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै आफूमाथि विराटनगरमा आयोजिक कार्यक्रम सकेर फर्कने क्रममा भेट भएका शिवाकोटीले दुर्व्यवहार गरेको उल्लेख गरेकी छिन् । 

उनले शिवाकोटीलाई पदीय मर्यादाभित्र रहन सचेत गराउँदै बानी व्यहोरा सुधार नगरे कानूनी र अन्य उपचारका विधिहरु रहेको भन्दै चेतावनी दिएकी छिन् । उनले सामाजिक संजालमा लेखेकी छिन् ‘आज विराटनगरमा आयोजित एक कार्यक्रम सकेर फर्किने क्रममा भेट हुँदा मादक पदार्थ सेवन गरी बिर्तामोड उद्योग वाणिज्य संघ झापाका अध्यक्ष प्रकाश शिवाकोटीले मलाई गरेको व्यवहारप्रति मेरो आपत्ति छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले सार्वजनिक ठाउँमा के कसरी बोल्ने र व्यवहार गर्ने भन्ने हेक्का राख्नुपर्छ । मर्यादामा बस्न र आफ्नो बानीव्यहोरा सुधार गर्न म शिवाकोटी महोदयलाई आग्रह गर्दछु । नत्र कानूनी र अन्य उपचारका धेरै विधिहरू रहेको स्मरण गराउन चाहन्छु ।’

यसबारेमा उपाध्यक्ष कार्कीले हाम्राकुरासँग आफूले शिवाकोटीलाई नचिनेको र पहिले पनि कहिल्यै नभेटेको बताइन् । आफूसँग पहिलो पटक भेटिएको व्यक्तिले अभद्र बोली र व्यवहार बोलेकाले यस्तो प्रवृत्तिविरुद्ध सचेत गराउन वाध्य भएर फेसबुकमा स्टाटस लेखेको बताइन् । 

यद्यपि उनलाई उक्त स्टाटस हटाउन दबाबसमेत आएको छ । 

यससम्बन्धी जानकारी लिन शिवाकोटीको मोबाइलमा सम्पर्क गर्न खोज्दा भने सम्पर्क हुन सकेन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ