arrow

नवनियुक्त मुख्यमन्त्री कै अगाडि विरोधको पर्चा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
khagaraj-adhikari.jpg

पोखरा ।  गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहेको नगर सभाको उद्घाटन समारोहमै दलित जनप्रतिनिधिले हातमा कालो पट्टी बाँधेर जातीय विभेदविरुद्ध लेखिएका पर्चा देखाएका छन् ।  

पोखरा नगर सभामा पुगेका नवनियुक्त मुख्यमन्त्री अगाडि दलित समुदायका जनप्रतिनिधिले विरोधको पर्चा देखाएका हुन् । तर विरोधको पर्चा भने उनका लागि थिए । दलित महिला सदस्यमाथि जातीय दुर्व्यवहार गरेको आरोप लागेका पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै उनीहरूले पर्चा देखाएका हुन् । वडाध्यक्ष अधिकारीले आफ्नै वडा सदस्य मैया नेपालीमाथि गरेको जातीय भेदभावको घटनाप्रति विरोध जनाएका हुन् ।

 उनीहरूले महानगरप्रमुख धनराज आचार्यलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् । समारोहमा समय लिएर बोल्दै नगरसभा सदस्य दीपक घिमिरे विश्वकर्माले जातीय विभेद झल्कने गरी वडाध्यक्ष अधिकारीले दलित महिला सदस्यमाथि गालीगलौज र अपशब्द प्रयोग गरेको बताए । उनले उक्त दुर्व्यवहारको घटना भर्त्सना योग्य रहेको भन्दै पीडितले न्याय र पीडितले सजाय पाउनुपर्ने धारणा राखे ।

यही पुस १८ गते वडाको चालु आवको लक्षित बजेट विनियोजनका विषयमा छलफल हुने क्रममा वडाध्यक्ष अधिकारीले वडा सदस्य नेपालीमाथि जातीय आधारमा भेदभावजन्य व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको छ । उक्त घटनालाई लिएर नगरसभा सदस्य नै विरोधमा उत्रेपछि केही बेर नगरसभा प्रभावित बनेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ