arrow

चीनले पनि यी देशका यात्रु माथि प्रतिबन्ध लगाउँदै, फाइजरले दिएन लाइसेन्स

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
china-corona.jpg

काठमाडौं । चीनले दक्षिण कोरिया र जापान यात्रा गर्ने यात्री माथि प्रतिबन्ध लगाउने भएको छ । 

दक्षिण कोरिया र जापानमा कोरोना संक्रमित बढेसँगै चीनले यस्तो निर्णय गरेको हो । 

चीनले कोरिया र जापानका नागरिकलाई छोटो अवधिको भिसा जारी गर्न प्रतिबन्ध लगाएको छ । 

कोरोना संक्रमित बढ्दै गएपछि दुवै देशले चीनबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएका थिए । यो निर्णयलाई चीनको बदलाको रूपमा हेरिएको छ । 

यता फाइजर कम्पनीले चीनलाई कोरोना औषधिको लाइसेन्स दिन अस्वीकार गरेको छ । 

सोमबार कम्पनीका प्रमुख कार्यकारी अल्बर्ट बुर्लाले चीनलाई कोरोनाको औषधि प्याक्सोभिड बनाउन लाइसेन्स नदिने बताएका थिए । 

एक कार्यक्रममा बोल्दै उनले कोरोनाको औषधिको मूल्यबारे चीनसँग सम्झौता हुन नसक्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ