arrow

यसकारण दिए माधव नेपालले प्रचण्डलाई विश्वासको मत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २७ बुधबार
madhav-kumar-nepal-media-brief.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भ्रष्टाचार नियन्त्रण गर्न, विकास निर्माणको कामलाई गति दिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको बताएका छन् । उनले १५ बुँदे सर्तसहित विश्वासको मत दिएको उल्लेख गरे । 

पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री दाहालले जनचाहनाअनुसार काम गर्नेमा आफू आशावादी रहेको बताए । सरकारले नागरिकलाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग गरिरहने उनको भनाइ थियो । 

अध्यक्ष नेपालले विश्वासको मत लिने बेलामा गरेका प्रतिबद्धता पूरा गर्ने काममा केन्द्रित हुन प्रधानमन्त्री दाहाललाई आग्रह गरे । “सरकारलाई राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा काम गर्न पार्टीले घचघच्याइ रहने छ”, उनले भने । 

संविधानको मूलमर्म र भावनालाई ध्यान दिएर अघि बढ्न अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई सचेत गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ