arrow

मन्त्रिपरिषद् विस्तार: सहयात्री दलहरूलाई भागबण्डा मिलाएर अघि बढ्न प्रचण्डलाई सकस

सभामुखको निर्वाचन अघि मन्त्रिपरिषद् विस्तार नहुने सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
sattagathbandhan-government.jpg

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा रहेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहयात्री दलहरूबाट अप्ठेरोमा परेका छन्। बिहीबार दिउसो  साढे तीन बजे सहयात्री दलहरूको संयुक्त बैठक बस्ने कार्यक्रम तय गरिएको तर उनीहरूले मन्त्रालयको भागबण्डा नमिलेको भन्दै संयुक्त बैठक अस्वीकार गरेपछि प्रचण्ड अप्ठेरोमा परेका हुन् ।

सहयात्री सात दलले समय अभाव रहेको मन्त्रालयमा दुई दल नेकपा एमाले र माओवादी हाबी भएको भन्दै दुई नेताहरू बसेर त्यसलाई सहजीकरण गरेको सन्देश दिएपछि मात्रै बैठकमा सहभागी हुने सन्देश पठाएकाले साँझ दुई अध्यक्षको मात्रै बैठक बसेको स्रोतको दाबी छ । 

प्रचण्डले सरकारको नेतृत्व लिएको २० दिन वितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार नभएको र सरकार सञ्चालनमा असर परेको भन्दै बुधवार साँझ बालकोटमा एमाले अध्यक्ष केपी ओली भेट्न पुगेका प्रचण्डलाई बिहीबार जसरी पनि टुङ्ग्याउने बचन दिएका थिए । तर बिहीबार पनि सहमतिको खाका बन्न सकेन ।

‘सभामुखको निर्वाचन अघि मन्त्रिपरिषद् विस्तार हुन्नजस्तो छ’, एमालेका एक पदाधिकारीले भने । उनका अनुसार गठबन्धनभित्र कही न कहीँ समस्या आएकाले सभामुखको निर्वाचन कुर्न लागिएको हो । ‘एमाले सकेसम्म गठबन्धन बचाउन चाहन्छ तर माओवादीको एउटा जिम्मेवार पक्ष गठबन्धन टुटाएर हिँड्न चाहन्छ यसले कहीँ कहीँ समस्या ल्याएको महसुस गरेका छौ’, ती पदाधिकारीले भने । 

 

ओलीको प्रस्तावमा प्रधानमन्त्री बनेका प्रचण्डले तीन उपप्रधानमन्त्री र तीन विना विभागीय मन्त्री लिएर सरकार सञ्चालन गरिरहेका छन् । उपप्रधानमन्त्रीको जिम्मेवारी र कार्य विभाजन भए पनि अन्य तीन मन्त्रीहरूको जिम्मेवारी तोकिएको छैन ।  एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, र अन्य दलहरूले पठाउने सङ्ख्याको बारेमा अन्योल हुँदा अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । 

तत्काल सरकारमा सहभागी नभएको तर केही दिन अघि सरकार जाने निर्णय गरेको राप्रपाले समेत मन्त्री पठाउने भएपछि शक्ति बाँडफाँडमा समय लागेको हो ।  बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल त भयो तर उनीहरूको छलफल विना निष्कर्ष टुङ्गिएको थियो ।

उनीहरुबीच मन्त्रिपरिषद् विस्तार र सभामुखको निर्वाचन लगायतका विषयमा छलफल भए पनि गठबन्धनका अन्य सहयात्रीको व्यवस्थापनमा केन्द्रित हुँदा मन्त्रिपरिषद् विस्तारको विषय पछि धकेलिएको स्रोतको दाबी छ । 

यसअघि बुधवार साँझ सोही विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्ड एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए । पृथ्वी जयन्तीलाई छलेर गोरखा महोत्सवको उद्घाटन गर्न पुगेका प्रचण्ड बुधवार साँझ आफ्नी छोरीसहित त्यहाँ पुगेर प्रदेश १ मा माओवादी सरकारमा सहभागी हुने वातावरण तयार गरेका थिए । प्रदेश १ मा एमाले सरकारमा माओवादीका इन्द्र आङबोले जान आनाकानी गरेपछि बालकोट पुगेर प्रचण्डले फोन गरेका थिए । प्रदेश १ को सरकार निर्माणमा ओलीलाई सहयोग गरेका थिए । त्यहाँ आज दिउसो प्रचण्डका ज्वाईसहितलाई मन्त्रीमा शपथ गराइंदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ