arrow

श्रीलंकासँग भारत एक दिवसीय श्रृंखलामा २६ वर्षदेखि अपराजित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
india-srilanka-cricket-2023-01-13.jpg

काठमाडौं । भारतले श्रीलंकालाई लगातार दश एक दिवसीय क्रिकेट श्रृंखलामा हराएको छ । भारतले घरेलु मैदानमा भएको तीन खेलको श्रृंखलाको दोस्रो खेल जित्दै एक खेलअघि नै श्रृंखलामाथि कब्जा जमाएको हो । 

इडन गार्डेनमा बिहीबार भएको खेल भारतले ४ विकेटले जितेको हो । पहिलो खेल भारतले ६७ रनले जितेको थियो । अन्तिम खेल आइतबार तिरुवन्तपुरममा खेलिने छ  । 

योसँगै भारतले लगातार १० एक दिवसीय श्रृंखलामा श्रीलंकालाई हराएको हो । भारतीय टिमले पछिल्लो २६ वर्षदेखि हार बेहोरेको छैन । अन्तिम हार भारतले सन् १९९७ मा पाएको थियो । 

बिहीबारको दोस्रो खेलमा २१६ रनको लक्ष्य भारतले ४३.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । लोकेश राहुलले अविजित टद्ध तथा हार्दिक पाण्डेयाले ३६ रन बनाए । विराट कोहली २ तथा कप्तान रोहित शर्मा १७ रनमा आउट भए । 

यसअघि श्रीलंकाले ३९.४ ओभरमा अलआउट हुँदै २१५ रन बनायो । नुवानिदु फर्नान्डोले ५० रन बनाएको इनिङ्समा मोहम्मद सिराज र प्लेयर अफ द म्याच कुलदीप यादवले समान ३–३ विकेट लिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ