arrow

मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
Khagraj adhikari.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेका छन् । साठी सदस्यीय प्रदेश सभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो ।

मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा नेकपा (एमाले) का २१, माओवादीका आठ र राप्रपाका दुई सांसदले मतदान गरेका थिए भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ सदस्यले विपक्षमा मतदान गरेका थिए । 

एमालेबाटै निर्वाचित भएर सदनको अध्यक्षता गरेका मित्रलाल बस्यालले मतदान गरेनन् भने स्वतन्त्र सांसद राजीव गुरुङ बैठकमा अनुपस्थित थिए । 

एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहेका अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरेपछि मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ