arrow

नेपालमा कोरोना फैलने क्रम बढ्दो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
corona-omicron-nepal.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी फैलने क्रम बढ्दो रहेको छ । शुक्रबार ९ जना संक्रमित थपिएका छन् । सबै पीसीआर परीक्षणबाट संक्रमित पाइएका हुन् । 

शुक्रबार ११ हजार ४२१ जनाले खोप लगाएका छन् । शुक्रबार थप चार जनालाई निको भएको छ । योसँगै सक्रिय संक्रमितको संख्या २८ पुगेको छ । 

नेपालमा पनि कोरोनाको नयाँ भेरियन्ट भित्रिएको आशंका गरिएको छ । सबै नाकाहरु खुला भएका कारण पनि यो समस्या बढ्दै गएको बताइन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ