arrow

ललित मोदीले मृत्यु जिते, दुई सातामा दोस्रो पटक कोरोना 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २९ शुक्रबार
lalit-modi-ipl.jpg

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेटका पूर्व कमिश्नर ललित मोदी मृत्यु जितेर फर्केका छन् । उनलाई इन्फ्लुएन्जा, निमोनियाका साथै दुई हप्तामा दोस्रो पटक कोरोना भाइरसको संक्रमण भएको थियो । 

मेक्सिको शहरमा रहेका मोदीलाई उनका छोरा तथा चिकित्सकले लण्डन लगेर उपचार गरेका छन् । 

मोदीले इन्स्टाग्राममा लेखेअनुसार उनी मृत्युको मुखबाट फर्केको उल्लेख गरेका छन् । तर अझै पनि उनले २४ ऐ घण्टा अक्सिजन लिनु परिरहेको छ । 

दुई चिकित्सकले तीन हप्तासम्म उनको उपचार गरेको उनले लेखेका छन् । 

ललित मोदीले आईपीएलको शुरुआत गरेका थिए । उनी सन् २००५ देखि २०१० सम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्डका उपाध्यक्ष रहे । उनी सन् २००८ देखि २०१० सम्म आईपीएलका अध्यक्ष तथा आयुक्त रहे ।

उनलाई सन् २०१० मा धाँधली गरेको आरोपमा आईपीएलको आयुक्तबाट निलम्बन गरिएको थियो । उनलाई बीसीसीआईबाट पनि निलम्बन गरिएको थियो । त्यस्तै मुद्रा अपचलन गरेको आरोपपछि उनी सन् २०१० मा भारतबाट भागेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ