arrow

पुसको अन्तिम दिन कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३० शनिबार
rashifal-horoscope-2-1619829400.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ पुस ३० गते शनिबार, इस्वीसंवत जनवरी १४ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार माघकृष्णपक्षको अष्टमी तिथि रहनेछ ।

नक्षत्रमा हस्ता, विष्कुम्भादि योगमा अतिगण्ड, करणमा बब, आनन्दादि योगमा शुभ रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा कन्या राशिमा रहनेछ । दिनमान २६ घटि १३ पला अर्थात १० घण्टा ३२ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५८ बजे यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः२८ बजे हुनेछ ।

आजको राशिफल

मेष : आजको दिन यद्यपि पराक्रम बढ्ने खालको गोचर रहेको छ तरपनि अनावश्यक उन्माद तथा घमण्डमा समय व्यतित हुने हो कि भन्ने भय पनि देखिन्छ । सामान्य दैनिकी कामकार्य ठिकै रहने देखिन्छ । मुख्य एवम् महत्वपूर्ण काममा अदृष्य रोकावट आउनसक्ने समभावनालाई पनि नकार्न सकिन्न । समयको सदुपयोग गर्नसकेको खण्डमा शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा केहीहद्सम्म वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यवसायमा पनि केही सफलता र लाभ मिल्ने छ । आज पाँच अंक, रातो रङ्गको प्रयोग यहाँलाई फाप सिद्ध हुनेछ भने अनाथ बालबालिकालाई सहयोग गर्नु पूण्यप्रद हुनेछ ।

वृष : आजको दिन कामकार्यमा अबरोध र मानसिक अस्थिरता हुनसक्ने छ । सल्लाह गर्न बसेपनि झगडा गरेर उठ्न पर्न सक्ने भएकाले नयाँ भेटघाट तथा कार्ययोजनाको बारेमा प्रस्ताव पेश नगरैकै राम्रो हुनेछ । गोचर प्रतिकूल परेकोले विचारमा संकिर्णता आउने, छरछिमेक तथा संसर्गिसँग वादविवाद हुन सक्ने एवम् कामकार्यमा अबरोध र मानसिक अस्थिरता हुनसक्ने कुरालाई नकार्न सकिन्न । व्यवहारिक ढङ्गबाट धैर्यधारण गरी प्रतिकूल समयलाई टर्न दिनु बुद्धिमानी हुनेछ । आज आमा वा आमासमानकी मातृशक्तिको दर्शन भेट तथा सेवा सहयोग गर्नु शुभकर हुनेछ भने सेता रङ्ग र चार अंक पनि फापकर हुनेछ ।

मिथुन : आजको दिन हिम्मतको स्तर बढेपनि विशेष महत्व दिइएको कामकार्यमा ग्रहको केही बाधाअबरोध देखिएको छ । तर पनि दिन उद्यमिलो रहनेछ । स्वकर्मको पक्षमा शारीरिक जाँगर बढेर आउने हुनाले पुरुषार्थ गर्न सकिने र कार्यक्षेत्रमा खट्न मनलाग्ने छ । नयाँ कामकार्यको योजना निर्माण गर्ने तथा घनिभूत छलफल हुनसक्ने छ । आफन्तजनसँग भेटघाट हुनाले नातासम्बन्ध नविकरण गर्ने मौका मिल्नेछ । रपनि मुख्य ठानिएको काम फत्तेगर्न नसकिने डर छ जसको निवारणको लागि भैरवदेवलाई खुशी बनाउनु उपयुक्त हुनेछ भने कुकुरलाई खुवाउनु पनि ग्रहबाधा कम गर्ने उपाय हुनेछ ।

कर्कट : आजको दिन ग्रहको केही अदृष्य अबरोधको बाबजुत पनि उमंग उत्साह बढ्ने खालको रहेको छ । आर्थिक लाभको संयोज जुट्ने छ भने प्राकृतिक रमाइलोपन मिल्ने छ । कार्ययोजनादिको बारेमा संवाद हुनसक्ने र नयाँ कार्यमा लगानी आदिको अवसर मिल्न सक्ने छ । अबसरको सदुपयोग गर्न जाने बोलीवचन एवं प्रवचन-भाषण आदिमा वाणीको ओजस्वीता बढ्न सक्ने छ । आजको दिन वाकवृति हुनेहरुको लागि बढी उपयुक्त हुनसक्ने छ । आज यहाँलाई दुई अंक, सेतो रङ्ग शुभ हुनेछ भने माँ बगलामुखीको सेवा आरधनाले कार्यसफलतामा मद्दत गर्ने गर्नेछ ।

सिंह : आजको दिन आत्मबल बढाउन र समयको सदुपयोग गर्न सकेको खण्डमा केही राम्रो अवसर प्राप्त हुनसक्ने देखिएको छ । मानसम्मान बढ्ने तथा पदप्रतिष्ठा प्राप्ति हुन सक्ने ग्रहगोचर परेकोले राजनीति, समाजसेवा वा नोकरी आदिमा जिम्मेवारी थपिनसक्ने लक्षण छ । व्यापार व्यवसायबाट पनि राम्रो लाभ गर्नसकिने छ भने उच्च आहोदाका व्यक्तित्वसँग भेटघाट हुनसकिने र आड भरोषाजन्य आश्वासन मिल्न सक्ने छ । यहाँलाई आज एक अंक, रातो रङ्ग शुभ रहने छ भने आत्मबल बढाउन ज्योतिषीय दृष्टिमा भगवान भैरवदेवको स्तुति गर्नु उचित देखिन्छ ।

कन्या : आजको दिन उद्यम तथा व्यवसायिक कार्यमा प्रगति हुनाले अर्थ सङ्कलन हुनेछ । प्रतिस्पर्धामा विजय मिल्ने एवम् प्रख्याति बढ्नेछ । अध्यनअध्यापन एवं सन्तानका क्षेत्रमा आएको समस्या कम हुनेछ । सहयोगी बढ्नेछन् । सामुहिक कार्यमा पनि सफलता मिल्नेछ । गुमेको प्रतिष्ठा ल्याउन सकिने छ । नयाँ लगानीको अवसर मिल्नसक्ने तथा प्रस्ताव आउने सम्भावना छ । विवाह योग्य युवायुवतीको हकमा विवाह प्रस्ताव आउन सक्नेछ । माँ बगलामुखीको दर्शन भक्तिले प्रतिकूलतालाई कम गर्न मद्धत हुनेछ ।

तुला : आजको दिन बुद्धिले काम नगर्ने र घमण्डी स्वभाव पनि बढ्न सक्ने गोचर प्रभाव परेको छ । आफ्नै व्यवहारको कारण मान प्रतिष्ठामा ह्रास आउन सक्ने छ । कामकार्यमा दिग्दारी हुनसक्ने तथा परिश्रम अनावश्यक हुन सक्ने सम्भावना छ । विचार गरेर मात्रै अघि बढ्नु पर्ला । साविक भन्दा अल्लि बढी मात्रामा खर्च बढ्ने एवं शत्रु बाधाको पनि सामना गर्नपर्ने हुनसक्ने छ । मनमा उद्दिग्नता, अपजश आइपर्न सक्नेछ संहालिन जरुरी छ । ग्रहगोचरको प्रभावलाई मनन् गरी धैर्यतापूर्वक स्वकर्ममा लगनशील रहनसकेमा प्रत्यक्षाप्रत्यक्ष केही उपलब्धि उठाउन सकिएला । आज यहाँलाई दुई अंक, सेतो रङ्गको प्रयोग र माँ सरस्वतीको भक्तिआराधना उपयुक्त हुनेछ ।

वृश्चिक : आजको दिन गोचर ग्रहमा केही अबरोध देखिएको छ, त्यसको बाबजुत पनि शारीरिक आकर्षण एवम् मान प्रतिष्ठा बढ्नेछ । व्यवसायबाट आंशिक धनलाभ हुने एवं भौतिक सुख र आफन्तजनबाट प्रशंसा पनि प्राप्ति हुनसक्ने छ । ईच्छित विशेष कार्य पूर्ण होस भन्ने कामना गरी ग्रह अवरोध निवृतिको लागि हनुमानको भक्ति गर्नु उपयुक्त हुनेछ । सामाजिक सेवा सहयोग गर्नु पर्ने तथा जिम्मेवारी थपिनसक्ने छ । मनोरञ्जनात्मक कार्यक्रम आदिमा पनि सरिक हुन पाइन सक्ने छ । नयाँ लगानीको प्रस्ताव आउनसक्ने सम्भावना पनि देखिन्छ । आज यहाँले गरीब दीनदुःखीलाई खुवाउनु शुभकर हुनेछ ।

धनु : आजको दिन भाग्यप्रद रहेको छ । सात्त्विक विचारको प्रभाव बृद्धि हुने तथा आस्थाको धरोहरको जग बलियो हुनेछ । धर्मकर्ममा अग्रसरताको बलले जनजीवनका विभिन्न पाटोमा समेत लाभ पुर्याउने छ । पेशा तथा व्यवसायिक कार्यमा समेत सफलता मिल्नाले स्तरवृद्धिको लागि आँट बढ्नेछ । जागिर तथा नोकरी आदिमा आएका असन्तुष्टिहरु पनि हट्ने र जिम्मेवारी एवम् भूमिका थपिने छ । साथ छाडेर पर गएका प्रेमि प्रमिका तथा साथसंगतिपनि पुनः नजिक हुनेछन् । आज यहाँको लागि नौ अंक, पहेंलो रङ्गको प्रयोग फापकर हुनेछ भने माँ बगलामुखीको दर्शन स्मरण वरदानतुल्य हुनेछ ।

मकर : आजको दिन गोचर त्यति अनुकूल देखिएको छैन । स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने तथा औषधोपचारमा खर्च बढ्न सक्ने छ । त्यस्तै कार्यमा बाधा ब्याबधान आइलाग्ने तथा ठूलो श्रम खर्चनुपर्ने हुनसक्ने छ । ईज्जत–प्रतिष्ठामा चुनौती थपिन सक्ने छ भने विरोधिपक्षसँग पनि सावधानी रहनु पर्नेछ । मानसिक चञ्चलता र वैगुणी प्रेम सम्बन्धको यादगारले सताउन सक्ने छ । आवश्यकभन्दा बढी सरोकार राख्नाले नसोचेको झमेलामा फसिन पनि सक्नेछ ख्याल पुर्याउनु पर्ला । उपर्युक्त प्रतिकूलताको बाबजुत मानसिक एकाग्रतापूर्वक आफ्नो कार्यलाई समय दिनाले आकस्मिक रुपमा केही उपलब्धि एवं लाभ पनि हुनेछ ।

कुम्भ : आजको दिन विलासवृति बढ्ने खालको दिन रहेको छ । आमोद–प्रमोद एवम् भौतिक सुखप्रति चाहना बढ्ने छ । कसैकसैलाई गलत नियत भएको विपरित लिङ्गीले फसाउनसक्ने पनि सम्भावना देखिन्छ होस पुर्याउनु होला, अन्यथा पछुतो हुनसक्नेछ । व्यवसाय तर्फ भने ग्रहगोचरले ठिकै देखाएको छ, उन्नति भएर आर्थिक सङ्कलन हुनेछ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुनपाइने सम्भावना छ । यात्राको पनि योग देखिएको छ । विवाह प्रस्ताव आएमा विचार पुर्याउन जरुरी देखिन्छ । आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने माँ इन्द्रायणी वा सन्तोषीको भक्तिभाव एवम् दर्शनसेवा फापसिद्ध हुनेछ ।

मीन : आजको दिन बुद्धिको विकास हुने र विद्यावुद्धिको सदुपयोग गर्ने संयोग पर्नेछ । आज यहाँको बौद्धिक क्षमताको मान्छेहरुले कदर र प्रशंसा गर्नेछन् । अध्ययन अध्यापन तथा लेखन एवम् वहसको क्षेत्रमा सफलता मिल्नेछ । सन्तान पक्षबाट पनि सन्तोष लिन सकिने छ । पेशा एवम् व्यवसायको क्षेत्रबाट लाभ पाउनु हुनेछ । लाभ एवम् सफलताको कारण मानसिक शान्ति मिल्ने छ । आउने उन्माद् एवं कार्यमा आउने रोकावट निवारणका लागि भगवान श्री भैरवलाई खुशी बनाउनु बुद्धिमानी हुनेछ ।

साइतः सूर्य धनु चन्द्रमा कन्या राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्व दशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः५५ बजेदेखि      ०८ः१४ बजेसम्म    काल बेला
बिहान ०८ः१४ बजेदेखि      ०९ः३३ बजेसम्म    शुभ बेला
बिहान ०९ः३३ बजेदेखि      १०ः५३ बजेसम्म     रोग बेला
बिहान १०ः५३ बजेदेखि       १२ः१२ बजेसम्म    उद्वेग बेला
बिहानमा १२ः१२ बजेदेखि       १ः३१ बजेसम्म   चर बेला
दिनमा १ः३१ बजेदेखि        २ः५० बजेसम्म      लाभ बेला
दिनमा २ः५० बजेदेखि        ४ः०९ बजेसम्म     अमृत बेला
साँझ ४ः०९ बजेदेखि        ५ः२८ बजेसम्म     काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ