arrow

तीन दिन सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३० शनिबार
public-holiday-sarwajanik-bida.jpg

काभ्रे । खानीखोला गाउँपालिकाले तामाङ समुदायको धार्मिक तथा सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले २८५९ औँ तावर–ह्योई ल्हो (बिरालो वर्ग) को सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

ल्होछार पर्व मनाउन आगामी माघ ७, ८ र ९ गते गाउँपालिले बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाको संयोजकत्वमा ३५ सदस्यीय ल्होछार मूल आयोजक समिति  गठन गरेर ल्होछार मनाउने तयारी गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ