arrow

माओवादीका कृष्ण बने सभामुख 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३० शनिबार
krishna-prasad-dhital-gandaki-sabhamukh-2079.jpg

कास्की । गण्डकी प्रदेशको सभामुखमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । उनले ३२ मत पाए । 

गठबन्धनका उम्मेदवार धिताललाई नेकपा एमालेका २१, नेकपा माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र स्वतन्त्र एक प्रदेश सभा सदस्यको साथ रहेको थियो । कांग्रेसले सरस्वती अर्याललाई सभामुखको उम्मेदवार बनाएको थियो । उनले २६ मत प्राप्त गरे ।  

सभामुखको निर्वाचन प्रक्रियामा ५८ जनाले भाग लिएका थिए । नेकपा एमालेबाट निर्वाचित ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सभाको अध्यक्षता गरेकाले मतदानमा भाग लिएनन् । नेपाली कांग्रेसका एक सदस्य अनुपस्थित रहे । 

सभामुखमा निर्वाचित भएका धिताल मङ्सिर ४ गतेको निर्वाचनमा गोरखा क्षेत्र नं १ (१) बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा गोरखा जिल्लाको इन्चार्जसमेत हुन् ।

सत्ता गठबन्धनमा गण्डकी प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्री र माओवादीले सभामुख पाउने गरी समझदारी भएको थियो । सोहीअनुसार नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् । 

गण्डकी प्रदेश सभामा ६० सदस्य छन् । प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ