arrow

बोल्सोनारोको भिसा रद्द गर्न माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
jair-bolsonaro-brazil-president.jpg

न्यूयोर्क । अमेरिकामा डेमोक्रयाटिक सांसदहरूले राष्ट्रपति जो बाइडेनलाई ब्रजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोको भिसा रद्द गर्न आह्वान गरेका छन् ।  ब्राजिलको नवनिर्वाचित सरकारविरुद्ध दंगामा संलग्न कसैलाई पनि शरण दिन नहुने उनीहरुले बताएका छन् ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका सहयोगी बोल्सोनारो जनवरी १ मा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको उद्घाटन समारोहमा उपस्थित हुनुको सट्टा फ्लोरिडा गए र अक्टोबर चुनाव बारेमा आधारहीन आरोप लगाएका थिए ।

बोल्सोनारोलाई समर्थन गर्ने दंगाकारीहरूले आइतबार ब्राजिलियामा राष्ट्रपतिको दरबार, सर्वोच्च अदालत र संसदमा तोडफोड गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ