arrow

यती दुर्घटना : निकालिएका शव गण्डकी अस्पतालमा, पहिचान गर्न गाह्रो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
gandaki-hospital-yeti-passenger-relatives-2023.jpg

गण्डकी। पोखराको सेती नदीको खोँचमा आज बिहान भएको विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत दीपक रेग्मीले जानकारी दिए ।

शवहरू अस्पताल लगिएसँगै दिवङ्गत यात्रुका परिवारजनले अस्पताल परिसर भरिएको छ । अस्पताल परिसरमा दिवङ्गत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू अधिकांश पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ ।

दिउँसो २ः१५ बजेसम्म एक बच्चासहित ३० जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार हालसम्म मृतकको शव पहिचान भइसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ