arrow

यती दुर्घटना : सुरक्षा निकायको सुझावपछि प्रधानमन्त्री र उपप्रधानमन्त्रीद्वयको पोखरा निरीक्षण भ्रमण रद्द

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ १ आइतबार
Prachanda-airport-accident.jpg

काठमाडौं। प्रधानमन्त्री प्रचण्ड एवं उपप्रधानमन्त्रीद्वय रवि लामिछाने र नारायणकाजी श्रेष्ठ पोखरा जाने कार्यक्रम सुरक्षा निकायको सुझावपछि रद्द गरिएको छ। 

दुर्घटना स्थलको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड, गृहमन्त्री रवि लामिछाने र अर्का उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ पोखरा जाने भनिएपनि ट्राफिक व्यवस्थापन लगायत अरू सुरक्षा प्रबन्ध गर्नुपर्ने अवस्थामा उद्धारकार्य प्रभावित हुनसक्ने भएकोले सुरक्षा निकायको सुझाव अनुसार रद्द गरिएको हो। 

प्रम र मन्त्रीहरू विमान दुर्घटनास्थल जाने निर्णयको विरोध भएको थियो। 'स्टन्ट' नगर्न भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले संवेदनशीलता देखाउन आव्हान गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ