arrow

बुटवल भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट सफलताका साथ सम्पन्न (तस्बिर)

काठमाडौँको रेञ्जलाई उछिन्दै उत्कृष्ट वाट्ट आवर निकाल्न सफल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २ सोमबार
nexon-ev-range-test-butwal-sipradi.jpg

काठमाडौँ। वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्स् को एक मात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्स् को सह–आयोजनामा “नेक्सन् ईभी रेन्ज टेस्ट २०२३” प्रवर्तनात्मक कार्यक्रम बुटवल–भैरहवामा सफलतापूर्वक सम्पन्न भएको छ।

नेक्सन ईभी रेन्ज टेस्ट २०२३ नाम दिइएको यस अभियानमा टाटा नेक्सन ईभी हुने ग्राहकहरूको उल्लेख्य एवम् उत्साहजनक सहभागिता रहेको थियो। बुटवल–भैरहवा सडकमा ३९७ किमी सम्म नेक्सन ईभीको रेन्ज निकाल्न सफल सुवास खड्काले काठमाडौँको सलिम श्रेष्ठको ३४७ किमी रेञ्जलाई उछिन्दै ७६ को उत्कृष्ट वाट्ट आवर निकाल्न सफल भई प्रथम भएका छन्।

३८७  किमी रेन्ज निकालेर गोपाल शर्मा दोस्रो हुन सफल भए। त्यसै गरी ३७८ किमी रेन्ज निकाल्न सफल सुबोध भट्टराई तेस्रो स्थानमा रहेका थिए। कार्यक्रममा सहभागी मध्ये २२ जना ले ३०० किमी रेन्ज भन्दा बढी निकाल्न सकेका थिए।

यसै कार्यक्रम मार्फत उत्कृष्ट तरिकाले ईभी चलाई अधिकतम रेन्जका आधारमा विद्युतीय इन्धन खपत गर्न सक्ने उत्कृष्ट सहभागीहरूलाई श्रेष्ठताको आधारमा वर्गीकरण गरी कम्पनीको तर्फबाट विभिन्न आकर्षक पुरस्कार एवम् प्रशंसा पत्र प्रदान गरिएको छ।

प्रथम स्थान प्राप्त गर्न सफल सुवास खड्काले सम्मान पदक र प्रमाण पत्रका साथ सामसुङ्ग स्मार्ट एलईडि टिभी जितेका छन्। त्यसै गरी दोस्रो स्थानमा रहेका गोपाल शर्माले सामसुङ्ग ओभेन जितेका छन् भने तेस्रो स्थानका सुबोध भट्टराईले एयर फ्रायर जितेको कम्पनीले जनाएको छ।

विद्युतीय गाडीहरूको उपयोगिता, प्रभावकारिता एवम् आर्थिक पक्षमा पार्ने सकारात्मक प्रभावहरूका बारेमा जनचेतना फैलाउने र विद्युतीय गाडीहरू प्रति ग्राहकको दुबिधालाई हटाइ यसबाट मिल्ने सुविधाको बारेमा विश्वस्त बनाउने उद्देश्यले यस किसिमको कार्यक्रमको आयोजना गरिएको कम्पनीका प्यासेन्जर भेहिकल प्रमुख शावन्त जंग सिजापतिले जानकारी गराए।

यही पुस ३० गते शनिवार, सिप्रदी ट्रेडिङ पथरडाँडाबाट उद्घाटन गरिएको कार्यक्रम भैरहवा स्थित बुद्ध चोक, देवकोटा चोक, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुटवल बजार परिक्रमा गरी सिद्धार्थ कटेजमा पुगेर समापन गरिएको थियो। उक्त कार्यक्रममा ४० भन्दा बढी नेक्सन ईभीको सहभागिता रह्यो।

ईभीको उपयोग गर्ने ग्राहकबाट मिलेको बहुपक्षीय अप्रत्यक्ष योगदानको कदर स्वरूप कार्यक्रम मार्फत उनीहरूलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुसी लागेको टाटा मोटर्सका लागि सिप्रदीका तर्फबाट ग्राहक सेवा प्रमुख कुमार भण्डारीले बताए।

हाल नेपालमा पनि विद्युतीय गाडीहरूको माग र खपत दिनानुदिन बढ्दै गएको छ। नेपाली बजारमा टाटा नेक्सन ईभी ग्राहकहरूले सबैभन्दा धेरै रुचाएको गाडी हो। नेपालमा यसको लोकप्रियता बढेसँगै कम्पनीले ग्राहकहरूको सुविधाको लागि अरू मोडलका एसयुभी तथा सेडान गाडीहरूलाई समेत ईभीमा ल्याउने तयारी भइरहेको कम्पनीले जनाएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ