arrow

मिल्यो भागबण्डा

मिल्यो सत्ताको भागबण्डा: मङ्गलबार मन्त्रिपरिषद् विस्तार हुने

रास्वपा र राप्रपाले तीन-तीन मन्त्री र १-१ राज्यमन्त्री पाउने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २ सोमबार
Satta-gathabandhan-prachand.jpg

काठमाडौं । सत्ता गठबन्धनमा भागबन्डाको टुङ्गो लगाउँदै भोलि मन्त्रिपरिषद् विस्तार गर्ने भएको  छ । सोमबार साँझ चार घण्टा बालुवाटारमा बसेको बैठकले भागबन्डाको टुङ्गो लगाएर भोलि एक बजे मन्त्रिपरिषद् विस्तार गर्ने भएको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका अनुसार भोलि नै नयाँ मन्त्री नियुक्त हुनेछन् । नयाँ मन्त्रीहरूको शपथ पनि भोलि हुनेछ।  

साँझ भएको सहमति अनुसार माओवादी केन्द्रले प्रधानमन्त्रीसहित चार मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । एमालेले आठ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । राप्रपाले पनि तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएका छन् । राप्रपाले उपप्रधानमन्त्री पनि पाउने भएको छ ।

बैठकले राष्ट्रपति र सभामुख एमालेले नै पाउने निर्णय गरेको छ । बैठकमा यी दुवै पदमा लामो समय बहस छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालय घटाउने भए पूरै कार्यकाल सभामुख दिनुपर्ने अडान लिएका थिए ।

शुरुमा एमाले अध्यक्ष ओलीले एमालेलाई प्रतिशतको आधारमा १२ मन्त्रालय चाहिने दाबी गरेका थिए । तर पछि यी दुवै पदमा मिलाएको स्रोतले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ