arrow

सांसद पदम गिरी भन्छन् - 'तयार हुन निर्देशन आयो मन्त्रालय टुङ्गो छैन'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
Padam-giri-uml.jpg

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभाबाट नयाँ र पुराना गरी अवसर नपाएका नेताहरूलाई मन्त्री बनाउने भएको छ । 

राष्ट्रिय सभामा रहेकी विमला पौडेल राई, पर्वतबाट तीन पटक सांसद जितेका पदम गिरी, सर्लाहीका हरि उप्रेती, कपिलवस्तुको बलराम पौडेल, मधेसबाट किरण साहलाई मन्त्री बनाउने तयारी थालेको छ । 

‘मलाई तयार हुन निर्देशन आएको छ, कुन मन्त्रालय भन्ने यकिन छैन’, सांसद गिरीले भने । एमालेले परराष्ट्र, स्वास्थ्य लगायतका मन्त्रालय पाउने देखिएको छ ।

मन्त्रालय भागवण्डा हिजो राती टुङ्गिएको थियो । बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको बैठकले एमालेलाई ८ मन्त्रीसहित १ राज्यमन्त्री पाउने सहमति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ