arrow

डीआर कंगोको राजनीतिक हिंसामा कम्तीमा १७ जनाको मृत्यु

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
dr-congo.jpeg
किन्शासा । डीआर कंगोमा भएको राजनीतिक हिंसामा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । राष्ट्रपति जोसेफ काबिलाविरुद्धको आन्दोलनका क्रममा उनीहरुमाथि अन्धाधुन्ध गोली प्रहार भएको थियो । 
 
कंगो सरकारले १७ जना मरेको तथ्यांक सार्वजनिक गरे पनि प्रतिपक्षी समूहहरुले भने ५० जना मारिएको दावी गरेका छन् । एक प्रत्यक्षदर्शीले प्रहरीले भीडमाथि अन्धाधुन्ध गोली चलाएको बताएका छन् । 
 
प्रदर्शनकारीहरुले कंगो राजधानी किन्शासाका मूख्य सडकहरु ठप्प पार्ने क्रममा कार तेस्र्याएका थिए । 
 
प्रदर्शन सकिएपछि मृतकका शव सडकहरुमा छरिएर रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । 
 
कंगो राष्ट्रपति काबिलाले शक्तिको दुरुपयोग गर्दै आफू दुई पटक राष्ट्रपति भए पनि चुनाव गर्न आनाकानी गरिरहेको आरोप विपक्षीले लगाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ