arrow

नेपाल टेलिकमको नेटवर्कमा आएको समस्या के हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ३ मंगलबार
Nepal-Telecom-NTC.png

काठमाडौं। मंगलबार मध्यान्ह करिब १२ बजेको समय आसपासमा नेपाल टेलिकमको नेटवर्कमा केही समस्या देखिएको थियो। 

नेपाल टेलिकमको नेटवर्कमा समस्या आउँदा केही प्रयोगकर्ताले फोन नलाग्ने, डेटा नचल्ने र केहीले म्यासेजसमेत नजाने समस्याको सामना गरेको गुनासो गरेका थिए।

यद्यपि, नेटवर्कमा सामान्य प्राविधिक समस्या आएर केहीबेर यसो भएको र अहिले लगभग सबै सामान्य भइसकेको नेपाल टेलिकमका प्रवक्ता शोधन अधिकारीले बताएका छन्।

हाम्राकुरासँग बोल्दै उनले भने,'केही बेरका लागि सानो प्राविधिक समस्या आउँदा फोन लाग्न रोकिएको हो, एक छिन पनि रोकिदा त्यसपछि हुने कल, म्यासेज र डेटाको भार बढ्ने भयो- जसरी गाडी एकछिन जामहुँदा संख्या बढ्छ, त्यस्तै भएको हो। अहिले लगभग सबै सामान्य भइसकेको छ।'

उनले नेटवर्कमा एकछिनका लागि मात्रै सामान्य समस्या आएको र अहिले लगभग सबै सेवाहरु सामान्य अवस्थामा चल्न थालेको बताएका हुन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ