arrow

माइक्रोसफ्टले हजारौँ कर्मचारी कटौती गर्दै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
microsoft.jpg

काठमाडौं । माइक्रोसफ्ट कर्पोरेसनले मानव संसाधन र इन्जिनियरिङ डिभिजनसहित हजारौँ रोजगारी कटौती गर्ने योजना बनाएको खुलासा भएको छ ।

अमेरिकी प्रविधि क्षेत्रका ठुला कम्पनीहरूले कटौती गरिरहेको रोजगारीको शृङ्खलामा यो पछिल्लो हो । यसअघि अमेजन र मेटालेसमेत बिग्रँदै गएको विश्वव्यापी आर्थिक व्यवस्थालाई लिएर रोजगारी कटौतीको घोषणा गरेका छन् । सुरुमा ट्विटरले कर्मचारी कटौती गरेको थियो ।

माइक्रोसफ्टले समेत रोजगारी कटौती गर्न थाल्नुले प्रविधि क्षेत्रमा रोजगारी गुम्ने निरन्तरता जारी रहने देखिएको छ ।

'फराकिलो परिप्रेक्ष्यमा हेर्दा माइक्रोसफ्टले अझै फेरि कर्मचारी कटौतीको योजना पेन्डिङमा राख्नुले स्थिति झनैं बिग्रिँदै गएको देखाउँछ,' मर्निंगस्टारका विश्लेषक ड्यान रोमनफले भनेका छन् ।

यूके प्रसारक स्काई न्युजले स्रोतहरूलाई उद्धृत माइक्रोसफ्टले आफ्नो कार्यबलको लगभग ५ प्रतिशत अर्थात् ११ हजार रोजगारी कटौती गर्ने योजना बनाएको छ ।

बुधबार ब्लूमबर्ग न्युजले कम्पनीले धेरै इन्जिनियरिङ डिभिजनहरूमा रोजगारी कटौती गर्ने योजना बनाएको जनाएको छ । गत जुनको तथ्याङ्क अनुसार माइक्रोसफ्टमा २ लाख २१ हजार फुल टाइम कामदार रहेका छन् । जसमध्ये १ लाख २२ हजार अमेरिकामा र ९९ हजार विश्वभर रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ