arrow

एमालेबाट सभामुखका लागि देवराज घिमिरे उम्मेदवार

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ४ बुधबार
Devraj-Ghimire-speaker.jpg

काठमाडौं। नेकपा एमालेले झापाका पुराना नेता देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ। एमाले स्थायी कमिटी सदस्य रहेका घिमिरे झापा-२बाट निर्वाचित सांसद हुन्। घिमिरे सत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा रहने छन्।

एमालेभित्र सभामुखको सन्दर्भलाई लिएर गुटको राजनीति स्पष्ट देखिएको थियो । उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई रोक्न महासचिव शङ्कर पोखरेलले झापाका पुराना नेता देवराज घिमिरेलाई जसरी पनि सभामुख बनाई छाड्ने अडानले गुटको राजनीति देखिएको हो । 

एमाले र माओवादीको गठबन्धन बन्नु हुँदैन भन्ने लाइनका पोखरेलले उपमहासचिव गुरुङलाई रोक्न घिमिरेलाई अघि सारेपछि पार्टी अध्यक्ष ओलीले नाइँ भन्ने अवस्था आएन । अन्ततः उनै घिमिरेलाई एमालेले अघि सार्ने भएको छ । एमाले माओवादी गठबन्धनका मुख्य पात्र रहेका गुरुङलाई नै सभामुख बनाउने तयारीमा रहेका ओली महासचिवको  प्रस्तावलाई अस्वीकार गर्न सकेनन् । 

केही दिन ओलीले सभामुखमा छविलाल विश्वकर्मालाई बनाउने बताएपछि महासचिव पोखरेलले पुन घिमिरेलाई बोकेर ओली निवास आफै जान थाले । घिमिरेका अगाडी ओलीले अस्वीकार गर्ने अवस्था पनि थिएन किनकि ओली एक्लो हुँदाको बखत उनै घिमिरेले साथ दिएका थिए । 

आज दिउँसो १ देखि ४ बजेसम्म सभामुखमा मनोनयन दर्ता हुनेछ। सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित निर्वाचन तालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुखमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ