arrow

डुङ्गा दुर्घटनामा मृतकमध्ये २७ को शव भेटियो, दुई जना अझै बेपत्ता

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
thailand-boat.jpeg
बैंकक (थाइल्याण्ड) । थाइल्याण्ड  चाओ प्राया नदीको पुलमा ठोक्किएर आइतबार भएको डुङ्गा दुर्घटनामा मृत्यु भएकामध्ये मङ्गलबारसम्ममा २७ जनाको शव भेटिएको छ । दुर्घटनामा परी हराइरहेका अरु दुई जना अझै नभेटिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । 
 
स्थानीय थाई अधिकारीले भेटिएका शवमध्ये छ ओटा शव आठ वर्षका बालकको रहेको जनाएका छन् । शव घटनास्थलदेखि पाँच किलोमिटर टाढा भेटिएका हुन् । 
 
अझैसम्म नभेटिएका एक पुरुष र एक जना महिला रहेका छन् । भेटिएका शवमध्ये २० वटा पुरुषको र सात वटा महिलाको रहेको अस्पतालले जनाएको छ । डुङ्गामा सवार १५० जनामध्ये ५० जनाभन्दा बढी घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको छ । हराइरहेकाहरुको अहिले पनि खोजीकार्य जारी रहेको सुरक्षा अधिकारीले जनाएका छन् । 
 
दुर्घटनापछि तत्काल नदीमा डोरी फालिएको र त्यही डोरीको सहयोगमा केही घाइते नदी बाहिर आएका थिए । पानीमा डुबी बेहोस भएका केही मानिसलाई समेत स्थानीय र प्रहरीले उद्धार गरेका थिए । 
 
विपरित दिशाबाट आएको अर्को डुङ्गासँग ठोक्किनबाट जोगाउने प्रयास गर्दा डुङ्गा पुलको पिलरमा ठक्कर खाएपछि भएको सो दुर्घटनामा मृत्युहुने सबै थाई नागरिक रहेका बताइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ