arrow

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झना गर्दै नोबेलमा गरियो दीप प्रज्वलन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ २ सोमबार
nobel-hospital-deep-prajwalan-yeti-passenger.jpg

विराटनगर। पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झना गर्दै सोमबार विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दीप प्रज्वलन गरिएको छ। नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरूले अस्पताल अगाडि साँझ दीप प्रज्वलन गरेर मृतकहरूको सम्झना गरेका हुन्।

दीप प्रज्वलनमा नोबेलको एमबिबिएस र बीडीएसका विद्यार्थीहरू सहभागी थिए। उनीहरूले मृतकहरूको आत्माको चिर शान्तिको कामना गरेका छन्। मृतकहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै मौन धारणसमेत गरिएको नोबेलमा अध्ययनरत विद्यार्थी विविसा बुढाथोकीले जानकारी दिइन्।

आइतबार बिहान काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट ६८ यात्रु र चालक दलका चार सदस्यसहित पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज अवतरणका क्रममा पोखराको सेती खोँचमा दुर्घटना भएको थियो। दुर्घटनामा हालसम्म ७० जनाको मृत्यु भएको पुष्टि भएको छ, बाँकी दुई जनाको खोजी भइरहेको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ