arrow

दुई पटक शुभ बेला भएको श्रीविष्णुको प्रिय दिन कस्तो होला ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
rashifal-horoscope-2.jpg

आजको पञ्चाङ्ग

मिति २०७९ माघ ५ गते बिहीबार, इस्वीसंवत जनवरी १९ तारिक सन् २०२३, शालिवहनीयशाके १९४४, नेपाल संवत् ११४३, नल नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार माघकृष्णपक्षको द्वादशी तिथि रहनेछ ।

नक्षत्रमा ज्येष्ठा, विष्कुम्भादि योगमा ध्रुव, करणमा तैतिल, आनन्दादि योगमा काल रहनेछ । सूर्य धनु राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । दिनमान २६ घटि २७ पला अर्थात १० घण्टा ३५ मिनेटको रहनेछ । सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ः५७ बजे रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः३२ बजे हुनेछ ।

आजको राशिफल

मेष : समय खराब छ । धेरै बोल्दा समस्या आउन सक्छ । केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । परिबन्धले समस्या निम्त्याउने देखिएकाले आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । हिसाबकिताबमा पनि विवाद आउन सक्छ । मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्रराशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् । यो राशिका मानिसले साइत हेरेर मुसुरोको दाल दान गर्नु शुभ मानिन्छ ।

वृष : समय शुभ छैन । अवसर प्राप्त भए पनि परिस्थितिवश काममा अलमल हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला । कमीकमजोरी सुधार्ने मौका आए पनि बेसुरको निर्णयले समस्यामा पुर्याउनेछ । वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले मंगलबार गणेशजी, शनिबार भैरवजी र सोमबार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । प्रत्येक दिन गाईलाई रोटी र परेवालाई चारो दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

मिथुन : समय शुभ छ । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ । तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन् । मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । यस राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको पूजा र हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रत्येक बुधवार निमुखा प्राणीहरूलाई आहार दिनाले कार्यमा सफलता मिल्नुका साथै भाग्यमा वृद्धि हुनेछ । प्रतिकूल समयमा शनिको मन्त्रजप गर्नाले पनि लाभ मिल्नेछ ।

कर्कट : समय राम्रो छ । व्यवसायमा लगानी बढाउनुपरे पनि लागेको मूल्य उठाउन सकिनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ । आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ । कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, आराधना, शनिबार विष्णुको पूजा र पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ ।

सिंह : समय शुभ छैन । अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेशसँग सम्बन्धित कामहरू रोकिन सक्छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समयदेखिको सम्बन्ध टुट्न सक्छ । आज स्वास्थ्यको पनि ख्याल गर्नुहोला सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले वृहस्पति ग्रहको दोष शान्त पार्न शिवजी, सबै अनिष्ट शान्त पार्न आफ्ना इष्टदेवको पूजा–आराधना गर्नुहोला ।

कन्या : समय भरपर्दो रहनेछैन । परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । टाढिएका आफन्त तथा साथीभाइ नजिकिन सक्छन् । लगनशीलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएकाहरूले भगवान गणेशको पूजा गर्नु लाभदायक मानिन्छ । प्रत्येक शनिबार पीपलको पूजा गरी जल चढाउनाले पनि फाइदा हुनेछ ।

तुला : मय शुभ छ । शुभचिन्तकहरूले साथ दिनेछन् । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिष्ठित काम गर्ने मौका छ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । देवीको पूजा, बृहस्पतिको मन्त्रजप गरी प्रतिकूल समयलाई फलदायी बनाउन सकिनेछ । शनिवार कागलाई खानेकुरा दिनले तपाइँको ग्रहपिडा कम हुनेछ ।

वृश्चिक : दिन खराब छ । परिवार तथा आफन्तजनसँग मनमुटाब बढ्नेछ भने पति–पत्नी तथा बीच अविश्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले भगवान विष्णुको पूजा गरेर शनि ग्रहलाई खुसी पार्न सकिनेछ । दुःख पाएका व्यक्तिलाई दान गर्नाले मानसिक चिन्ता कम हुनेछ र मनमा शान्ति छाउनेछ ।

धनु : समय राम्रो रहनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाई लेखाइमा मन जानेछ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । धनु राशि भएकाहरूले शनिस्तोत्र पाठ र शिवजीको पूजा गर्दा राम्रो रहनेछ । आफ्ना गुरुलाई सम्मान गर्दै गुरुमन्त्रको जप गर्दा पनि राम्रो हुनेछ ।

मकर : समय खराव रहनेछ । जे काम गर्दा पनि सफलता मिल्ने छैन । एक्कासी स्वास्थ्यले धोका दिन सक्छ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिसंग विवाद पर्ने, आज लाभ कम, हानी नोक्सानी ज्यादा हुनसक्ने देखिएको छ । मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा शुभ फलदायी रहनेछ । भोका व्यक्ति, निमुखा प्राणीलाई सहयोग गर्नाले र सत्य बोल्नाले काममा सफलता मिल्नेछ ।

कुम्भ : समय शुभ छ । सरकारी सम्मान मिल्न सक्नेछ, आफन्तसंग भेटघाट हुने, जग्गा जमिनबाट लाभ पाइने योग छ, खुशीका समाचार प्राप्त हुनेछ, साथीभाइको सहयोगले आँटेका सबै काम सजिलै सम्पन्न हुनेछन् । यात्रा पनि निकै रमाइलो हुनेछ । कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवलाई खुसी पार्नसके आकस्मिक एवं चमत्कारी सफलता मिल्नेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

मीन : समय खराब छ । सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, सचेतता अपनाउनु राम्रो हुन्छ । दूरदराजबाट प्रशन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन लाग्नेछ । रकमको कारोबार र लेनदेनमा विवाद आउने सम्भावना छ । मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न हरेक दिन गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । घर वरिपरि केराको वृक्ष लगाउनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

साइतः सूर्य मकर चन्द्रमा वृचिक राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार परेकाले दक्षिण दशाको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ ।  

शुभ लाभादि बेला

बिहान ०६ः५५ बजेदेखि      ०८ः१४ बजेसम्म    शुभ बेला
बिहान ०८ः१४ बजेदेखि      ०९ः३३ बजेसम्म    रोग बेला
बिहान ०९ः३३ बजेदेखि      १०ः५३ बजेसम्म     उद्वेग बेला
बिहान १०ः५३ बजेदेखि       १२ः१२ बजेसम्म    चर बेला
बिहानमा १२ः१२ बजेदेखि       १ः३१ बजेसम्म   लाभ बेला
दिनमा १ः३१ बजेदेखि        २ः५० बजेसम्म     अमृत बेला
दिनमा २ः५० बजेदेखि        ४ः०९ बजेसम्म    काल बेला
साँझ ४ः०९ बजेदेखि        ५ः२८ बजेसम्म     शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ