arrow

चाँगुनारायण नगरपालिकामा हाम्रो पात्रो हेल्थको प्लेटफर्मबाट टेलिहेल्थ सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
hamro-patro-health.jpg

काठमाडौँ। स्वदेश अनि विदेशमा रहेका नेपालीहरूलाई विगत १२ वर्षदेखि निरन्तर जोड्दै आएको नेपालको सर्वाधिक डाउनलोड गरिएको लोकप्रिय हाम्रो पात्रो एपको टेलिहेल्थ सेवा, ‘हाम्रो पात्रो हेल्थ’ले आफ्नो स्थापनाको १ वर्षभित्र ३००० भन्दा बढी व्यक्तिहरू र २४ विशेषज्ञताका २०० भन्दा बढी डाक्टरहरूलाई इन्टरनेट पहुँच पुगेका नेपाली गाउँ, सहर तथा प्रवासबाट जोड्न सफल भइसकेको छ।  यस सेवा मार्फत डाक्टर खोज्न, डाक्टरसँग एपोइन्टमेन्ट लिन, डाक्टरसँग परामर्श लिन, प्रेस्क्रिप्सन लिन, डाक्टरसँग फलोअप गर्न र डाक्टरलाई रिभ्यु गर्न मिल्छ।

यस हाम्रो पात्रो हेल्थ सेवाले आफ्नो प्लेटफर्मलाई नगरपालिकाहरूको लागि खुला गरेको छ। नगरपालिकाहरूले हाम्रो पात्रो हेल्थ मार्फत आफ्ना नगरपालिका भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका , महिलाहरूलाई  नगरपालिका भित्रका डाक्टरसँग घरबाट नै निःशुल्क परामर्श लिन सक्ने व्यवस्था गर्न सक्नेछन्। 

चाँगुनारायण नगरपालिकाले हाम्रो पात्रो हेल्थ मार्फत नगरपालिका भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका , महिलाहरूलाई  नगरपालिका भित्रका डाक्टरसँग घरबाट  निःशुल्क परामर्श सेवा सुरु गरेको छ। आज एक समारोह बीच चाँगुनारायण नगरपालिका प्रमुख श्री जीवन खत्रीज्यूले नगरका डाक्टर शैलेश त्वानावासुसँग स्वास्थ्य परामर्श लिएर सेवाको शुभारम्भ गरे।

शुभारम्भ पश्चात् बोल्दै उनले भने - “नगरपालिकाको उद्देश्य अनुसार नगरवासीहरूलाई स्वास्थ्य सेवा सहजरूपीमा उपलब्ध गराउने कार्यमा यस सेवाले थप बल पुर्‍याउँछ भन्ने विश्वास लिएको छु। भौगोलिक तथा यातायातको समस्या रहेको हाम्रो जस्तो नगरमा वृद्धवृद्धा बालबालिका र शारीरिक रूपमा नगर अस्पतालसम्म पुग्न गाह्रो हुने नगरवासीलाई हाम्रो पात्रोसँगको सहकार्यमा प्रदान गरिएको यस सेवाले सहज हुने छ। ”

“नेपालका धेरै नगरपालिकाहरू हाम्रो पात्रो हेल्थ मार्फत आफ्नो सेवा आफ्ना नगरवासीलाई उपलब्ध गराउन उत्सुक देखिनु भएको छ। आगामी दिनमा धेरै नगरपालिकाहरूले नगर भित्रका वृद्धवृद्धा, फरक शारीरिक क्षमता भएका व्यक्तिहरू, स्कुले बालबालिका , महिलाहरूलाई  नगरपालिका भित्रका डाक्टरसँग  निःशुल्क परामर्श सेवा उपलब्ध गराउनु हुनेछ। नेपालमा थप मानिसहरूलाई स्वास्थ्य सेवामा जोड्न पाउँदा हामी खुसी छौँ।” - हाम्रो पात्रोको संस्थापक/ सिइओ शङ्कर उप्रेतीले बताए।

प्रयोगकर्ताले हाम्रो पात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आइओएस एप स्टोरमा यहाँ गएर हाम्रो पात्रोको एप डाउनलोड गर्नु पर्नेछ। साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रो पात्रो हेल्थ प्रयोग गर्न सकिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ