arrow

काश्मीर रहेन 'आतङ्कवादी हटस्पट' अब पर्यटकीय हटस्पट बन्यो

logo
एजेन्सी,
प्रकाशित २०७९ माघ ५ बिहिबार
kashmir-beauty.jpg

नयाँ दिल्ली। जम्मु र काश्मीर, जुन 'आतङ्कवादी हटस्पट' थियो, अब 'पर्यटन केन्द्र' को रूपमा स्थापित भएको छ। जुन कुरा पछिल्लो विवरणले पनि पुष्टि गरेको छ। सन् २०२२ मा २२ लाखभन्दा बढी पर्यटकहरूले केन्द्र शासित प्रदेशको भ्रमण गरेका छन्। जुन अघिल्लो उच्च रेकर्डभन्दा झन्डै चार गुणा बढी भएको केन्द्रीय गृह मन्त्रालयले जनाएको छ। 

गृह मन्त्रालयले मङ्गलवार जारी गरेको ‘इयर एन्ड रिभ्यु २०२२’ अनुसार जम्मू–काश्मीरमा सन् २०१८ मा ४१७ वटा आतङ्कवादी घटना भएका थिए भने २०२१ मा २२९ पुगेको छ भने सुरक्षा बलका जवान शहीद हुनेको सङ्ख्या ९१ बाट घटेर ४२ मा झरेको छ।

'पहिले, यो एक आतङ्कवादी हटस्पट थियो र आज काश्मीर उपत्यकाको एक पर्यटकीय गन्तव्य भएको छ। पहिले यहाँ हरेक वर्ष सबैभन्दा बढी ६ लाख पर्यटकहरू आउने गर्थे, जबकि यो वर्ष अहिलेसम्म २२ लाख पर्यटकहरूले भ्रमण गरेका छन्। यसले हजारौँलाई रोजगारी दिएको छ,' गृह मन्त्रालयको रिपोर्टमा भनिएको छ। 

गृह मन्त्रालयले जम्मू र काश्मीरमा अहिले ढुङ्गा मुढा गर्ने तथा आक्रमण र आन्दोलनका कुनै घटनाहरू नभएको रिपोर्ट गरेको छ। किनभने प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सरकार यूटीमा दृढताका साथ विकासको मार्गमा अगाडि बढिरहेको छ।

करिब ४२ हजार जना आतङ्कवादको चपेटामा परेका थिए र दिल्लीमा कसैले पनि आँखा झिम्काउन सकेन, तर अब मोदीको नेतृत्वमा आतङ्कवादमा सुरक्षा बलहरूको पूर्ण नियन्त्रण छ।

जम्मू र काश्मीरमा आतङ्कवादी घटनाहरूमा लगभग ५४ प्रतिशत, सुरक्षा बलहरूको मृत्युमा ८४ प्रतिशत र आतङ्कवादीहरूको भर्तीमा लगभग २२ प्रतिशत कमी आएको छ। 

जम्मु र काश्मीरका लागि प्रधानमन्त्रीको विकास प्याकेज अन्तर्गत, जलविद्युतमा ८० हजार करोड रुपैयाँको लागतमा लगभग ६३ परियोजनाहरू निर्माण गरिएको छ। चार हजार २८७ करोडको लागतमा  अन्य विभिन्न आयोजनाको काम अघि बढेको मन्त्रालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ