arrow

सिके राउत भन्छन्- 'हवाईजहाज सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्छ'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
ck-rauth-parliament-2079.jpg

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले साइकल वा मोटरसाइकलले दुर्घटनामा मानिस मर्दा प्रहरीले समातेर अनुसन्धान शुरु गर्छ भने हवाइजहाज दुर्घटनामा सञ्चालकलाई किन पक्राउ गरेर अनुसन्धान गर्न सक्दैन भनेर गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्। सानालाई ऐन र ठुलालाई चैनको उदाहरण यही हो।

उनले गृहमन्त्रीलाई प्रतिक्रियावादी नबन्न आग्रह गरेका छन्। यससँगै उनले हवाईजहाज सञ्चालकलाई पक्राउ गरेर अनुसन्धान गर्न आग्रह गरेका छन्।

आफ्नो मन्तव्यको दौरान उनले राष्ट्रिय सहमति के का लागि भनेर प्रश्न गरेका छन्। मधेशी-थारुलाई छेउमा राखेर कस्तो राष्ट्रिय सहमति खोजेको भनेर प्रश्न गरेका छन्। मधेशमा शीतलहरले मान्छे मरिराछन्, मलखाद पाएका छैनन्। यो विषयमा राष्ट्री सहमति कता जान्छ भनेर प्रश्न गरेका छन्। उनले ठुला दलहरूलाई नश्लीय सोचबाट बाहिर निस्किन आग्रह गरेका छन्।

मधेश आन्दोलनका शहीदहरू प्रति सांसद राउतले संसद्मा १ मिनेट मौनधारण गरेका थिए। उनलाई विभिन्न पार्टीका सांसदहरूले उठेर समर्थन गरेका थिए।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ