arrow

को हुन् सभामुख देवराज घिमिरे ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
devi-prasad-gimire-uml-speaker-parliament.jpg

काठमाडौं। झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ स्थायी बासिन्दा रहेका देवराज घिमिरे २०१३ साल जेठ १३ गते सिरजंघा गाउँपालिका वडा नम्बर ३, तालेजुङमा जन्मिएका थिए । स्नातकसम्म अध्ययन गरेका घिमिरेले गाउँकै सिंहदेवी प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा लिन थालेका थिए । 

तालेजङु सदरमुकामको भानु पब्लिक हाइस्कुलबाट एसएलसी पास गरेका थिए भने धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आइ.ए. उत्तीर्ण गरी त्रिचन्द्र क्याम्पसबाट स्नातक तह पूरा गरेका थिए । 

वि.सं.२०३१ सालमा झापा विद्रोहपछि अपिल प्रसारणको लाइनबाट नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके) को काममा होमिएर राजनीतिक जीवनमा प्रवेश गरेका थिए । 

२०३३ सालमा बुर्जुवा शिक्षा बहिष्कार गर्दै गाउँ गाउँ पुगेर पार्टीको सङ्गठन निर्माणमा खटेका घिमिरेले भूमिगत भएर कोकेमा काम गरेको ३ वर्षपछि २०३५ साल भदौमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटी (कोके) को सदस्यता प्राप्त गरेका थिए । 

२०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका घिमिरेले आफ्नो ४५ वर्षे लामो औपचारिक राजनीतिक जीवनमा पाएका जिम्मेवारीहरू मध्ये  २०३५ पुष ११ गते कम्युनिस्ट घटकहरू मिलेर नेकपा माले बनेपछि तेह्रथुम र पाँचथर जिल्लाको संगठक, २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख (माक्र्सवादी), २०४९ सालमा नेकपा माले र नेकपाको एकीकरणपछि सम्पन्न नेकपा (एमाले) को पाँचौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य भएका थिए ।

२०५० सालमा नेकपा (एमाले) को मेची अञ्चल इन्चार्ज, २०५८ सालमा केन्द्रीय विभाग अन्तरगत स्वास्थ्य विभागको इन्चार्ज त्यसपछि इन्जिनियरिङ विभाग, युवासंघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, प्रगतिशील प्राध्यापक सङ्घको इन्चार्ज भएका थिए । २०७५ सालमा नेकपाको प्रदेश १ को अध्यक्ष, २०७८ मा सम्पन्न नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ इन्चार्ज भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ