arrow

ट्विटरले थप कर्मचारी हटाउन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
twitter-files-elon-musk-black-list.jpg

काठमाडौं । इनसाइडरको रिपोर्ट अनुसार ट्विटरले आगामी हप्ताहरूमा आफ्नो प्रडक्ट डिभिजनबाट ५०  जना कर्मचारी हटाउने योजना बनाएको छ।

करिब छ हप्ता अघि कम्पनीका नयाँ प्रमुख एवं सीईओ एलन मस्कले थप कर्मचारी कटौती नगर्ने बताएका थिए। 

यदि सामाजिक सञ्जाल प्लेटफर्म ट्विटरले धेरै मानिसहरूलाई हटाउन थाल्यो भने, यसको हेडक्वाटरमा २,००० भन्दा कम कर्मचारी रहनेछन्। ट्वीटरले यस रिपोर्टमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

मस्कले अक्टोबरमा ४४ अर्ब डलरमा ट्विटरको जिम्मा लिएपछि कम्पनी आर्थिक संकटमा परेको देखिन्छ । मस्कले पहिल्यै नै विज्ञापनदाताहरु हटेका कारण राजस्वमा ठूलो गिरावट आएको बताएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ