arrow

टाटा जेन्यूइन् स्पेयर पार्ट्स तथा टाटा आयलको मूल्यमा भारी छुट

logo
हाम्रा कुरा
प्रकाशित २०७९ माघ ५ बिहिबार
tata-motors-spare-parts-now-affordable-sipadi.jpg

काठमाडौँ। टाटा मोटर्सको नेपालको लागि एक मात्र आधिकारिक डिष्ट्रिव्युटर सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकको चाहना र अपेक्षालाई ध्यानमा राखी विद्यमान परिस्थितिको कारणले ग्राहकहरूमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी ट्रेडिङ्ग र टाटा मोटर्सको संयुक्त पहलमा टाटा जेन्यूइन् पार्ट्स तथा टाटा जेन्यूइन आलयको मूल्यमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ।

सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरूप सिप्रदीका अनुभवी तथा दक्ष प्राविधिक हरूबाट गाडीको चेकजाँच तथा परामर्श प्रदान गरी कम खर्चमा टाटा जेन्यूइन पार्ट्स प्रयोगबाट गाडीको कार्य क्षमता वृद्धि गराई गाडी सञ्चालन खर्च न्यूनीकरण गरी ग्राहकको व्यवसाय उत्थानमा सहकार्य गर्ने अभिप्राय शोरूप उक्त योजना सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

उक्त छुट सुविधा नेपालभरि रहेका सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टरहरूमा लागु हुने छ। साथमा सिप्रदी वर्कसपमा फेरिएका टाटा जेन्यूइन् पार्टस् हरूमा ६ महिना वा  ५० हजार किलोमिटरसम्म वारेन्टी सुविधा पनि कम्पनीले प्रदान गर्दे आइरहेको छ।

उक्त सुविधाको लागि सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्दा थप जानकारी तथा सेवा प्रदान गरिने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ